NRNA हङकङको अध्यक्षमा कोमल गुरुङको उमेदवारी

टुडे पोखरा संवाददाता
0Shares

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको छैटौं अधिवेशनमा अध्यक्ष पदका लागि तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङजाली कान्छा) ले आफ्नो उमेदवारी घोषणा गरेका छन्।२३ जुलाई २०१७ मा हुन लागेको छैटौं अधिवेशनमा गुरुङ प्यानलबाट उपाध्यक्षमा संगीता गुरुङ, महासचिवमा बिनय शाह, सचिवमा ढुण्डीराज ज्ञवाली रहेका छन्। तेसैगरी सदस्यमा वसन्त श्रीनेत, नरेन्द्र गुरुङ, चेतन गुरुङ, कुलप्रसाद पुन (माइला) रहेका छन् भने अरु सदस्य थप्न बाँकी रहेका छन् भनिएको छ।

गुरुङले जनसम्पर्क समिति हङकङ, मगर संघ हङकङ, पुन समाज हङकङ, स्याङ्जा जनसेवा समिति हङकङ, नेपाल भलिवल संघ हङकङ, सहारा क्लव हङकङ लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको साथ रहेको भन्दै जित्ने दाबि गरेका हुन्।गुरुङले सबैलाई मिलाएर सर्वसम्मत गराउने पहल गर्दागर्दै  राधिका गुरुङ पक्षले छुट्टै प्यानल खडा गरि उम्मेद्बारी दिएपछि आफुले पनि छुट्टै प्यान खडा गरेर उमेदवारी घोषणा गरेको बताए। उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति १८ जुलाई सम्म मात्र रहेको छ।

hollywoodkhabar.com