धेरै पछी भेट भयो मनै भरियो
हातमा मादल खैजारी रोधी घरमा झरीयो
पछाईरहन्थ्यो दिन रात तिम्रो छायाले
भोली भेटम भनेर धेरै टाढ्यौ मायाले
अहिलेकी व्यस्त कलाकार जुना श्रीसमगरले यस्तै यस्तै शव्दहरु रहेको सुपरहिट कौराह गीत “सरर हावा सरर” बजारमा लिएर आएकी छिन ।
बाग्लुङ जिल्ला रिघा गाविसमा बाबा बिर बहादुर र आमा जसिन्ता श्रीस को कोख बाट जन्मिएकी अहिलेकी चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायिकाको सुचीमा पर्न सफल जुना श्रीस मगर सानैदेखी गित गाउने कला र रुची थियो तर पनि त्यो वेला भविस्यमा यती चर्चित र यही पेसा अंगाल्छु भन्ने कुरा कहिल्यै सोचिनन । २०५८ सालमा एस एल सी गरेपछी केही सिप सिक्ने र स्वरोजगार बन्ने सपना बोकेर बाग्लुङ सदरमुकाम झरेकी गायिका जुना श्रीस को सदरमुकाम छिरेपछी सपना फेरियो ।
उनले किन रुन्छौ ए न्याउली,आजमाया मसङ्ग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमायाको पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दङ खाएको छु जस्ता थुप्रै गीतहरुमा आवज दिई सकेकी छिन ५०० भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर भरिसकेकी जुना बिदेशका थुप्रै कार्यक्रमहरुमा पुगि सकेकी छिन | मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसको प्रस्तुतिमा सर्जक सि.पी. मगर को शब्द/संगीत रहेको यस गीतमा गायिका जुना श्रीसको आवज रहेको छ भने बरिष्ठ लोक गायक श्री खड्ग गर्बुजाले साथ् दिएक छन।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गर्नु भएको छ भने बिष्णु शर्माले सम्पादन गरेका छन् । साथै, यस गीतमा बेलायत बस्दै आएकी सबिता राना मगर (नाना) को सुन्दर अभिनय देख्न सकिन्छ |
Leave a Reply