छबि मगर, पोखरा
‘परिचय नेपाल’ले गर्ने जंगल फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको छ । फागुन १२ देखि २१ गतेसम्म संचालन हुने तेस्रो सँस्करणको ‘जंगल फेस्टिभल’को सबै तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जनकारी गराएको हो । अघिल्ला दुई सँस्करणभन्दा यो पटकको फेस्टिभल अझै बढि परिस्कृत रुपमा हुने आयोजकले दाबी गरेको छ ।
‘अघिल्ला दुई सँस्करणलाई दर्शकले निकै रुचाएको हामीले पाएका छौँ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘यो पटक हामी अझै बढि अनुभवि छौँ । र, यो पटकको जंगल फेस्टिभललाई दर्शकले अझै उत्कृष्ट मान्ने हाम्रो विश्वास छ ।’ फरक शैलीको यो फेस्टिभल दर्शकका लागि पनि निकै ‘अवेईडेट’ रहेको हामीले पाएका छौँ ।
‘जंगल थिम’ दिएर जंगलभित्रै गरिने यो फेस्टिभलमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण रहेको आयोजकले बताएको छ । जंगलमै गरिने यो फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने आयोजकको विश्वास छ ।
पोखरामा हुने महोत्सव भन्दा फरक भएकाले करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । फेस्टिभल अवधिभर हुने विभिन्न मनोरञ्जन कार्यक्रमहरु लोपउन्मुख कुसुन्डा, रोबटिक भुत घर ,नेपाल भारतको रेसलिङ, फेसन सो, युथ क्रियसन थिएटरको सहकार्यमा “भट्टिको सपना” नाटक मञ्चन, २५ गजल मुक्तक प्रस्तुति ६० भन्दा बढि मोडलहरु ¥यापमा उत्रिने छन् । १ सय ७० भन्दा बढी चराको आवाज निकाल्ने रमेश दुलालको प्रस्तुति , कुखुरी डान्स, बालवलिकाको लागि जंगली थिम को गेम , घोडचढी, ऊट चढेर फेस्टिभलमा रमाउन सकिनेछ ।
फेस्टिभलमा गायकतर्फ कर्णदास,आस्था राउत, गिरिस खतिवडा ,ज्योति मगर ,रामजी खाँड योगेस काजी लगायत कलाकारको प्रस्तुति रहनेछ । पोखराका थुप्रै व्यान्डहरुले जंगल गुन्जायमान हुनेछ । हास्यब्यग्य तर्फ दिपाश्री निरौला, दिपकराज गिरीसँगै पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुति रहनेछ । साथै थारु ,कुसुन्डा, बोटे जातिका नाचहरु प्नि हेर्ने पाइने छ ।
फेस्टिभलमा करिब ५० वटा स्टल रहने छन भने ८० लाख रुपैया लागत अनुमान खर्च गरिएको छ । १ करोड आम्दानी गर्ने लक्ष्य रहेको र आम्दनि रकम मध्ये २ लाख ५० हजार रुपैया शान्ति वनबाटिका सडकोलागि स्थानिय बाटो समितिलाई दिइनेछ । यसैगरी पोखरामा निर्माणाधिन नाटक घरलाई ५० हजार, कुसुन्डा जतिको संरक्षन र प्रर्वद्धको लागि केही आर्थिक छुट्टाउने संस्थाका अध्यक्ष सोभित बस्यालले जाकारी दिए । फेस्टिभलको प्रबद्र्धक पोखरा उपमहानगरपालिका र नेपाल टुरिजम बोर्डको घुमफिर वर्ष २०७३ ले गरेको छ ।
शेर्पा वियर,एभ्रिडे आइसक्रिम बसन्त चियाको स्पोन्सर रहेका छन् । होटल पार्टनर होटल बाराही ,जमहल ,डाँफे रहेको छ भने बैकिङ पार्टनर पोखरा फाइनान्स ,एरलाइन्स पार्टनर सिम्रिक रहेको छ । रेष्टुरेन्ट पार्टनर ब्यञ्जन, लेकाली र स्टेसन रहेका छन् । इन्टरनेटमा पोखरा इन्टरनेट, अन्लाइनमा जक्सन र एस टु प्रोडक्सन रहेको छ । साउण्ड र लाइटमा पाटनमा साथ दिएका छन आएफसी फेसन कलेजले सपोर्ट बाइ टाइटमा, सुरक्षाको जिम्मा बुल्समेन ग्रुपले लिएको छ । फेस्टिभल उदघोषक चर्चित उदघोषक दिनेश डि सी र पोखराका चर्चित उदघोषकहरुले उदघोषक गर्ने जानकारी संस्थाका अध्यक्ष बस्यालले बताए ।
Leave a Reply