२७९ वर्ष पुरानो घले राजाको दरबार अबलोकन

पुरातात्व विभागको महानिर्देशक भेषनारायण दाहालले २७९ वर्ष पुरानो घले राजाको दरबार अबलोकन गरियो ।

२०७४ कात्तिक १९ गते
पोखरा सुक घले

पुरात्तत्व विभागको महानिर्देशक दाहालको टोली घले राजाको अविशेषको रुपमा रहेको दरबारलाई २०७४ कार्तिक १५ गते देखि १७ गते सम्म गोरखा साविक गा.वि.स मान्बुको घाम्लीङ डाडाँमा रहेका दरबारलाई संरक्षण गर्नका लागी महानिर्देशक मान्बु पुग्नु भएको थियो ।
महानिर्देशक दाहाल काठमाण्डौबाट कात्तिक १५ गते विहान ८ बजे तिर निस्किनु भएको थियो दिनभरी जिपको यात्रा गरि लागभग ६० कि.मि कच्ची मोटर बाटोको यात्रा पश्चात बेलुकी ८ बजे तिर मान्बु पुगेको थियो मान्बु घले समाजको सयपत्री फुलको स्वागत् सात्कारले दिनभरी थाकेको महसुस नै भएन भन्नु भयो । आरुघाट गाउपालीका २ मान्बुमा रहेका घले राजाको दरबार २७९ वर्ष भन्दा पहिला पुरानो दरबार रहेछ यसलाई सबै अनुसन्धान गरियो हाम्रो इन्जिनीयरले सबै डाटा लिएका छ यो डाटा अनुसार हामी पुरात्तत्व विभागले यस्तै पुरानो बहुमूल्य चिजलाई संक्षण गर्ने निकाय हो तपाई घलेहरु संग २७९ वर्ष पुरानो ताम्रापत्र पनि रहेछ यो ठुलो प्रमाण हो हामीलाई काम गर्न र दरबारलाई संरक्षण गर्न सहज हुने भयो सबै संस्कार, संस्कृतिलाई संरक्षण गर्ने तपाई हाम्रो सबैको दायित्व हो यो सबैको साझा सम्पति हो । त्यसैले हामीले मात्र होईन तपाई स्थानीयको ठुलो भुमिका रहन्छ भन्नु भयो ।

इन्जिनियर प्रज्वल न्यौपानेले यो घले राजाको दरबार धेरै पुरानो रहेछ मैले सबै नापजाप गरिसक्यो यसको लाम्बाई २१ फिट चौडाई १७ फिट, उचाई १२ फिट जति रहेछ यसको डिजाईन गरि जस्तोका तस्तै दरबार निर्माण गर्ने हो डिजाईन गरेर आर्थिक वर्षबाट बजेट पठाउने कोशिस गर्ने छु भन्नु भयो ।

अविशेषको रुपमा रहेका घले दरबारलाई २०७२ बैशाख १२ गतेको गएको महाविनाशकारी भुकम्पले क्षेतिपु¥याएको थियो सो दरबारलाई अबलोकन तथा निरिक्षण गर्न महानिर्देशक भेषनारायण दाहाल, उपसचिब सुदिप खनाल, इन्जिनियर प्रज्वल न्यौपाने, पुरात्तत्व विभाग स्मारिका फोटोग्राफर राम चन्द्र श्रेष्ठ, लमजुङ घले समाजका अध्यक्ष विर सिंह घले, कोषाध्यक्ष मगर घले, सदस्य याम घले, घले समाज कास्कीका सचिब सुक बहादुर घले सदस्य ज्ञान बहादुर घले लगायतले अबलोकन गरिएको थियो अबलोकनमा स्थानीय बासीन्दाहरुको बाग्लो रुपमा उपथिती थियो भने खानपान घले समाज मान्बुले व्यवस्था गरिएको थियो साथै अबलोकन भेषनारायण दाहालको टिमलाई मान्बु घले समाजका अध्यक्ष सोम घले,सल्लाहकार धनप्रसाद घले, सल्लाहकार सुक माया घलेले खादा लगाई विदाई गरिएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *