१५ सय मिटर दौडमा बराल प्रथम

कोहलपुर नगरपालिकाको ओजनामा सञ्चालित प्रथम अन्तर मावि स्तरिय मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन सम्पन्न १५ सय मिटर दौडको छात्र तर्फ जनज्योति पब्लिक माविका सुवास बराल प्रथम, पञ्चमुखी माविका रबिन बम द्वितीय र ज्ञानज्योति मावि चप्परगौडिका अजय बुढाथोकी तृतीय भएको छन् । त्यस्तै छात्रा तर्फ गोरर्खा यूनाईटेड स्कुलकी बिर्सना कुमाल प्रथम, त्रिभुनव माविकी पार्वती खड्का द्वितीय र साईनिङ्ग स्टार माविकी रुपा थापा तृतीय भएकी छिन् ।
लङजम्प तर्फको खेलमा छात्र तर्फ ज्ञानज्योति मावि चप्परगौडीका सुरेन्द्र चौधरी प्रथम, जनज्योति पब्लिक माविका विनोद केसी द्वितीय र लक्ष्मी मावि बर्दहवाका सत्रुहन थारु तृतीय भएको छ । त्यस्तै छात्रा तर्फ साईनिङ्ग स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का द्वितीय र पञ्चमुखी ई.मि.की विजया कुँवर तृतीय भएकी छिन् ।
त्यस्तै भलिबल छात्र तर्फ ब्राईट लाईट एकेडेमी, त्रिभुवन मावि, जनज्योति पब्लिक मावि र कृष्ण मावि सेमिफाईनलमा पुगेका छन् भने छात्रा तर्फ डाईनामिक मावि, नमूना विद्या सदन मावि, ज्ञानज्योति मावि र साईनिङ्ग स्टार मावि सेमिफाईनलमा प्रवेश गरेका छन् । साथै अन्य विभिन्न प्रतियोगिताको फाईन भोलि (शनिबार) हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नीजि तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएका छन् भने प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड संचालन निर्देशिकामा आधारित छात्र÷छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएको आायोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५१ हजार, द्वीतिय हुनेलाई ३१ हजार र तृतीय हुनेलाई २१ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ ।