प्रेम रोका मगर
नेपाल मगर संघ, कास्कीको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि १४० औं लखन स्मृती दिवसको सन्दर्भमा सच्चा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । कार्यक्रम गर्ने तयारी भएसँगै आज बृहत लखनचोक सरसफाई सहित लखन चोकको शालिकमा खादा तथा फुलमालाले माल्यार्पन गरी ध्वजा पटकाले सजाइएको छ भने चोक परिसरमा फुलको विरुवा समेत रोपिएको छ ।
उक्त सरसफाई कार्यक्रममा नेपाल मगर संघ, कास्कीको मातहतमा नेपाल विभिन्न इकाई समितिहरू, नेपाल मगर विद्यार्थी संघ कास्की, मगर महिला संघ कास्की लगायतको सहभागिता रहेको थियो ।देश र जनताको निम्ति लडेर प्रथम पटक शहादत प्राप्त गर्ने लखन थापा मगरको स्मृतीमा नेपाल मगर संघ, कास्कीले हरेक वर्षको फागनु २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्दै आएको छ ।
नेपाल मगर संघको सभाहलबाट ¥याली सहित लखनचोकमा गएर लखनको शालिकमा फुलमाला खादाले माल्यार्पन गरी पुन ः मगर संघको हलमा फर्केर कार्यक्रममा परिणत हुने आयोजकले जनाएको छ भने कार्यक्रम सकेपछि बेलुकी लखनचोक परिसरमा द्विप प्रजोलन समेत गरिने आयोजकले जनाएको छ ।
Leave a Reply