१० बुदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र जारी

छबि मगर पोखरा ।

अन्नपूर्ण क्षेत्रमा रहेको टे«किङ रुटको प्रवद्र्धनका लागी १० बुदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र जारी गरिएको छ । गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितीले अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने धम्पुस, छोमु्रङ, हुदै माछापुच्छ«े आधार शिविर पुग्ने टे«किङलाई नया ढंगले सञ्चालन गर्नका लागी धम्पुस घोषणा पत्र जारी गरिएको हो । गैर आवासिय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्ट, सेन्चुरी पर्यटन ब्यवशायी समितीका अध्यक्ष दल बहादुर गुरुङ, पूर्व वन तथा भु संरक्षण मन्त्री किरण गुरुङ, संसद बिकास समितीका सभापति रविन्द्र अधिकारी र सांसद सिता गिरी वलीले उक्त घोषणा पत्रमा हस्ताक्षर गरी घोषणापत्र जारी गरिएको हो ।

????????????????????????????????????

घोषणा पत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागी गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितीले संयुक्त रुपमा काम गर्ने, अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक बिविधताको संरक्षण र सम्बद्र्धनमा दुवै सस्थाले संयुत्तः रुपमा काम गर्दै धम्पुस, छोमु्रङ हुदै जाने ट्रेकिङलाई गैर आवासिय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवशायी समितीले आफ्नै ब्राण्डको रुपमा नाम दिएर अगाडी वढ्ने, अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर लाई मध्येनजर गर्दै त्यसको असरलाई न्युनिकरण गर्दै यसको वारेमा आम पर्यटकलाई जानकारी दिदै पर्यटन प्रवद्र्धनमा अगाडी वढ्ने, अन्नपूर्ण क्षेत्रमा ग्रामीण पर्यटकलाई आकर्षित गरी ग्रामीण भेगमा उत्पादन हुने वस्तुहरुको प्रवद्र्धन गरी अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बाह्य पर्यटक भित्रयाउन पहल गर्ने, एन आर एन जापान र धम्पुस गाउ बिच सहकार्य गरी धम्पुस गाउमा उत्पादन हुने स्थानिय सामाग्रीलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने, अन्नपूर्ण क्षेत्रमा बोटानिकल गार्डेन र ज्योलोजिकल गार्डेन निर्माण गर्ने , गैर आवासिय नेपाली संघ र नेपाली राजदुताबासको सहकार्यमा अन्नपूर्ण क्षेत्रको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, बायो डाइभर्सिटी र हिमाली क्षेत्रमा जलबायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागी अन्नपूर्ण क्षेत्रलाई अगाडी वढाउने र एन आर एनले बिदेशमा रहेका एनआरएनले प्रति ब्याक्ति ३ गना पर्यटकलाई नेपाल घुम्नका लागी आब्हान गरी अतिथीदेवो भव अभियान सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छ ।

सो समारोहमा बोल्दै पुर्व बन तथा भु संरक्षण मन्त्री समेत रहेका नेकपा एमाले चार नम्बर प्रदेशका इन्चार्ज किरण गुरुङले गैर आवासीय नेपाली संघले अन्नपूर्ण संरक्षण क्षेत्रमा देखाएको चासोको प्रशंसा गर्दै आगामी दिनमा त्यसको संरक्षणका लागी राज्यले पनि सहयोग गर्नुपर्नेमा जोड दिए । अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटमा बाह्य पर्यटक भित्रयाउनका लागी गैर आवासिय नेपाली संघको मुख्य भुमिका रहने भएकाले गैर आवासिय नेपाली संघले यसको वारेमा ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो ।
सो समारोहमा वोल्दै बिकास समिती सभापति रबिन्द्र अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटनको मुख्य आधार केन्द्रको रुपमा रहेको बताउदै यसको प्रवद्र्धनमा गैर आवासिय नेपाली संघले चालेको कदम श्रहानिय रहेको वताए । यसले आगामी दिनमा अन्नपूर्ण क्षेत्र र त्यसमा पनि पैदलमार्गमा हिड्न रुचाउने पर्यटकका लागी थप उर्जा प्रदान गर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै गैर आवासिय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भुवन भट्टले अन्नपूर्ण क्षेत्रमा रहेको ट्रेकिङको प्रवद्र्धनका लागी एन आर एन र सेन्चुरी पर्यटन ब्यवशायी समितीले जारी गरेको धम्पुस घोषणा पत्र कोषेढुंगा सापित हुने वताए । उनले अहिले नेपालमा बाह्य पर्यटकहरु ट्रेकिङका लागी आउने गरेको र त्यसको बसाइ लम्ब्याउनका लागी विभिन्न पर्यटकीय गतिविधीहरु आवश्यक रहेकाले एन आर एन र सेन्चुरी पर्यटन ब्यवशायी समितीले यसको वारेमा सहकार्य गरेर अगाडी वढ्ने उनको भनाइ रहेको थियो ।

सो समारोहमा वोल्दै सेन्चुरी पर्यटन ब्यवशायी समितीका अध्यक्ष दल बहादुर गुरुङले अन्नपूर्ण क्षेत्रमा एन आर एनले गर्न लागको सहकार्यले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने वताए । अन्नपूर्ण क्षेत्रमात्र नभइ आगामी दिनमा नेपालको पर्यटनको क्षेत्रमा एन आरएनको सहयोगले उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ रहेको थियो ।
सो समारोहमा अशोक सुवेदी र श्रीकान्त खतिवडाले अन्नपूर्ण क्षेत्रको पर्यटन र सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो समारोहमा पोखरामा रहेका विभिन्न पर्यटन सम्बन्धी आवद्ध रहेका संघ सस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।