ह्याट्रिक गर्ने लक्ष्य सहित पश्चिमाञ्चलको कराँते टिम पाल्पा प्रस्थान

 

राष्ट्रिय फुल कन्ट्याक कराँते प्रतियोगितमा लगातार दुई पटक उपाधिजितेको पश्चिमाञ्चलले यस बर्ष पाल्पामाहुने उक्तप्रतियोगितामा उपाधि रक्षागर्ने उद्धेश्यले टोलीविहिबार (आज) पाल्पा प्रस्थान गरेको छ ।
यहीमाघ १९ र २० गते पाल्पामा हुने स्वं. लक्ष्मणकुमार श्रेष्ठ स्मृती तृतीय राष्ट्रिय फुल कन्ट्याक कराँते प्रतियोगितामा सहभागिहुन पश्चिमाञ्चलको एक टोलीविहिबार पाल्पा प्रस्थान गरेको हो ।
नेपालसिनक्यूकोशिन कराँते केन्द्रको आयोजनामा पाल्पामा हुने उक्तप्रतियोगितामा पश्चिमाञ्चलशाखाका प्रमुख प्रशिक्षक असोक लामा रुम्बा सहित १४ जनाको टोलीसहभागिभएको छ । पहिलो र दोश्रो संस्करणको उपाधि रक्षा गरेको पश्चिमाञ्चलले यसपाली विभिन्न उमेर समुहमा १४ जना खेलाडीहरुलाई प्रतिष्प्रर्धामाउतार्ने भएकोले यसपालीच्याम्पियनहुने गरी तयारी गरेको प्रशिक्षक रुम्बाले दाबी गरे ।
४० बर्ष मुनि, ५० बर्ष मुनि, ६० बर्ष मुनि, ६० बर्ष माथिपुरुषतर्फको ईभेण्ट हुने भएको छ भने महिलातर्फ ५० बर्ष माथि र ५० बर्ष मुनिको ईभेण्टमाप्रतिष्प्रर्धा हुने भएको हो । त्यसै गरी उक्तप्रतियोगितामा सोनियाथापा मगर, मन्जु थापा मगर र कृष्णराजपौडेल गरी तीनजना रेफ्रि समेत पश्चिमाञ्चलबाट सहभागिहुने भएकाछन।