पोखराको अमरसिंह चोकमा अत्याधुनिक सेमिनार हल सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पोखराको अमरसिंह चोककमा सञ्चालनमा आउन लागेको होटेल टास्क इन्टरनेश्नल अन्तर्गत पोखरामा अत्याधुनिक सेमिनार हल सञ्चालनमा आएको हो ।
पोखरामा हुने विभिन्न सभा, सेमिनार हरुलाई लक्षित गरी अति अत्याधुनिक तवरको दुइ सय क्षमता रहेको सेमिनार हल हालै सञ्चालनमा आएको होटल टास्क इन्टरनेश्नलका सञ्चालक मिन गुरुङले जानकारी दिए । गुरुङले पोखरामा नै पहिलो अति अत्याधुनिक सेमिनार हल भएको दावी गरेका छन । ध्वनि प्रदुषण रहित, एसी, सहितको सुविधा रहेको हलमा दुई सय जना मानिस अट्न सक्ने छन । सेमिनार हलमा एसिको ब्यवस्था, प्रदुषण रहित साउण्ड प्रुफ रहेको र विभिन्न प्याकेजहरु सहित हल सञ्चालनमा ल्याइएको गुरुङले वताए ।
यसअघि होटेल टास्क इन्टरनेश्नल अन्तर्गत लेकाली चुलो घर र टास्क ट्राभल एण्ड टुर्स सञ्चालनमा आइसकेको छ । पोखरामा निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट नजिकै रहेको लेकाली चुलो घरले विशुद्ध अर्गानिक खाना खुवाउने उद्देश्यका साथ लेकाली चुलो सञ्चालनमा ल्याएको र ग्रामीण भेगका अर्गानिक खानाका पारखीको मन जित्न सफल भएको गुरुङले वताए ।
लेकाली चुलो घरमा ग्रामीण भेगमा उत्पादन हुने मकै, कोदो, फापर, गहु लगायतका अन्नबाट निर्माण गरिने ढिडोको परिकार, ढिडो संग लोकल कुखुरा, असला माछा, लोकल बोका र लोकल पाडोको सुकुटीका परिकारले ग्राहकको मन जित्न सफल भएको छ । त्यसको साथै खाजाका लागी भुटेको मकै र भट्ट, भुटेको गहु, मोही, पोलेको माछा र लेकाली झिर ग्राहकको पहिलो रोजाइ बन्दै गइरहेको छ ।
लेकाली चुलो घर संगै आन्तरिक तथा बाह्य पर्यटकलाई मध्येनजर गरी टास्क ट्राभल्स एण्ड टुर्सबाट समेत विभिन्न विभिन्न पर्यटकका सवारी साधनहरु जीप, कार र भ्यान उपलब्ध गराउनुका साथै हवाइ टिकट, टुरिष्ट बस टिकट, टुर प्याकेजहरुका साथै साइड सिन र ट्रेकिङको समेत सुविधा प्रदान भइरहेकोे छ । पर्यटकलाई लक्षित गरी मनी चेन्जर र आइ एम इको समेत सुविधा प्रदान गर्ने सञ्चालकले जनाएको छ ।
आगामी असोज सम्ममा होटल टास्क इन्टरनेश्नल सञ्चालमा आउने छ । ३२ वटा रुम क्षमता रहेको होटलमा भ्यू टावर जहांबाट पोखरा भ्याली र मनोरम हिमश्रृङखलाको अवलोकन गर्न सकिनेछ, रुफ टप रेष्टुरेण्ट, २ वटा कन्फ्रेन्स हल , राउण्ड टेवल सहितको ३५ जना क्षमताको र ५० सीट क्षमताको सेमिनार हल हुने छ ।
त्यसैगरी १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट रुम हुने छ । होटलमा २ वटा अपार्टमेन्ट रहनेछ भने अण्डर ग्राउण्ड पार्किङ र लिफ्टको सुविधा रहने छ ।
Leave a Reply