भारतका हेयरस्टाईलिष्ट परेरा पोखरा आउने

टुडे पोखरा संवाददाता
0Shares

भारतका उत्कृष्ट हेयर स्टाईलिष्ट स्याविओ जोन परेरा पोखरा आउने भएका छन् ।
भारत मुम्बईका चर्चीत तथा भारतका सेलब्रेटिहरुको समेत कपाल तथा मेकअप गर्दै आएका परेरा हङकङ ईभेण्ट म्यानेजमेन्टले आयोजना गर्ने सेमिनारको लागि नेपालमै पहिलो पटक पोखरामा आउन लागेका हुन ।
व्युटि क्षेत्रमा आएको आधुनिक प्रविधि सहितको ज्ञान पोखरा क्षेत्रका सौन्दर्यकर्मीलाई दिलाउने उद्देश्यले पनि आफूहरुले पहिलो पटक भारतकै चर्चित व्युटि एक्सपोर्ट पोखरामा भित्रयाउन लागेको हङकङ ईभेण्ट म्यानेजमेन्टका संचालक प्रजित गुरुङले बताए । पोखराको होटल ग्राण्डमा असोज ६ गते उक्त सेमिनार हुने भएको हो ।
हङकङ व्युटि इन्स्टिच्यूटअन्तर्गत रहेको हङकङ इभेण्ट म्यानेजमेन्टले आगामी वर्षभरी व्युटी तथा मेकअपसम्बन्धी जानकारी गराउने उद्देश्यले सेमिनार तथा अन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गर्ने लक्ष्य राखिएको प्रालिका प्रमुख कार्यकारी निर्देशक वरिष्ठ सौन्दर्यकर्मी मिना गुरुङले बताइन् ।
उक्त कार्यक्रममा गामा ईन्टरनेश्नलले मुख्य प्रायोजक, भाषि मिनरल मेकअप, क्रायोलोन मेकअप र स्वाज कप सह–प्रायोजक छन् । यस्तै अनलाइन पार्टनरमा टुडेपोखरा डटकम रहेको छ ।