पोखरा लेखनाथ महानगरपालिका पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.स्थापना भएको सातौं बर्ष पूरा गरेको छ। संस्थाको आठौं बर्ष प्रवेशको अवसरमा सहकारीले विविध कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ।
पोखरा लेखनाथ महानगरपालिकाका नव निर्वाचित मेयर मानबहादुर जिसीले संस्था आठौं बर्षमा प्रबेश गरेको अवसरमा केक काटेर वार्षिकोत्सवको उद्घाटन गरे। कार्यक्रममा बोल्दै जिसीले सहकारीले बचत गर्ने मात्र नभई छरिएर रहेको पुँजीलाई केन्द्रीकृत गर्नुपर्ने जोड दिए। युवाहरुलाई सहकारीमा आबद्ध गराई उनीहरुलाई सहकारी मार्फत अर्थोपार्जनमा सहयोग पु¥याउनुपर्ने उनको धारणा थियो।
हालैमात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा जिसी पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकोमा संस्थाले उनलाई सम्मानपत्रद्धारा सम्मान ग¥यो। त्यसैगरी, संस्थाकी सह–सचिव राधिका योगी पोखरा लेखनाथ महानगरपालिका–१७ को महिला सदस्यमा निर्वाचित भएकोमा सम्मान ग¥यो।
वार्षिकोत्सवको अवसरमा सहकारीले शनिबार रक्तदानको आयोजना ग¥यो। पोखरामा रगतको अभाव भएको समयमा सहकारीद्धारा आयोजित रक्तदानमा ५३ जना रक्तदाताले रक्तदान गरेको संस्थाका सचिव नविन किरण भुषालले बताए। संस्थाका अध्यक्ष किसान सुनारले पहिलो रक्तदाता चित्रबहादुर कुँवरलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमका विशेष अतिथिहरु जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकाल, नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखा प्रबन्धक धीरज राई लगायतले बोलेका थिए।
संस्थाका अध्यक्ष किसान सुनारको अध्यक्षता, स्वागत र कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नविन किरण भुषालले गरेका थिए।
पोखरा लेखनाथ महानगरपालिका–९, पृथ्वीचोकमा मूख्य कार्यलय रहेको सहकारीको हाल शेयर सदस्य संख्या ९ सय, ५३ जना, कुल पुँजी ४ करोड १६ लाख, निक्षेप संकलन ६ करोड, लगानी ९ करोड रहेको छ।
फोटो क्याप्सन ः
सहकारीको वार्षिकोत्सवको अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीलाई सम्मान गर्दै संस्थाका अध्यक्ष किसान सुनार ।
Leave a Reply