स्वस्थ्य जिवनका लागि खेलकुद आवश्यक रहेको पोलेमनपा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले बताएका छन् । पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा अभियान युवा क्लवको आयोजनामा भएको दाश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७४को उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
बेस्ट अफ फाईभ नक आउटको आधारमा खेलाईएको प्रतियोगिताको उदघाटन खेलमा आयोजक टीमलाई फेवा भलिबल ट्रेनिङ सेन्टरले २–३ को सेटले पराजित गरेको छ । त्यस्तै बिहीबारनै भएको दोश्रो खेलमा नेपाल लोकतान्त्रीक खेलकुद संघलाई ०–३ को सोझो सेटमा नेपाल एपिएफ ए ले जित हासिल गरेको थियो भने बिहीबार भएको अन्तिम खेलमा अन्नपूर्ण गाउपालिका वडा नं. ७ लाई सोझो सेटमा पराजित गर्दै पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुरले विजय हासिल गरेको थियो ।
शुक्रबारको खेल बाराही माविसँग पोखरा बहुमुखी क्याम्पस, नेपाल एपिएफ बिसँग फेवा भलिबल ट्रेनिङ सेन्टर, प्रगतिसिल युवा क्लब सिन्धुलीसँग नेपाल एपिएफ ए, पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुर शुक्रबारको दाश्रो खेलको विजेतासँग भिडने भएको छ ।
उदघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल कालिका गणका डिएसपि गौतमराज कुवँर, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, भुपु सैनिक परोपकार समितिका अध्यक्ष रुद्र बहादुर थापा, बाराही माविका प्राचार्य शिव भण्डारी, धर्मश्थली आधारभुत विद्यालयका प्रचार्य केदारनाथ बराल, नेकपा एमाले वडा ५ का कमिटि अध्यक्ष विष्णु बराल, नेपाली काँग्रेस वडा ईकाई समिति ५ का सभापति फडिन्द्र पराजुली, वडा जनप्रतिनिधि, युवा क्लव, आमा समुह, पत्रकार तथा खेलप्रेमीको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयोजक जय प्रकाश थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।
Leave a Reply