स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले आफु कांग्रेस भएरै मर्ने बताइन्

Today Pokhara
0Shares

स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल कांग्रेस पार्टी नछोड्ने घोषणा गरेकी छिन् । सोमवार लेखनाथका पौडेल परिवार सबै एमालेमा प्रबेश गरेको खबर सार्वजनिक भएपनि उनले आफु कांग्रेस भएरै मर्ने बताइन् ।

स्वर्गीय पौडेलका दाजु राममणि पौडेल सहित पौडेल परिवार एमालेमा प्रवेश गरेको खबर सार्वजनिक भएपनि उनी आफुले कांग्रेस पार्टी नछोड्ने प्रतिबद्धता जनाएकी हुन् । ‘ म रामजी वादलको सपनालाई साकार पार्छु, नेपाली कांग्रेसलाई मैले गर्न सक्ने त्याग तपस्या जे सक्छु गर्छु ’ , उनले भनिन्, ‘बरु म मरेर जाउला नेपाली कांग्रेस छोड्ने छैन । ’ आफुले नेपाली कांग्रेस भन्दा अन्य पार्टी पनि नदेखेको उनले बताइन् । उनले थपिन्,‘ जो जो थिए एमालेमा तिनैको नाम लेखिएको छ, अविर लाइयो भन्दैमा हुदैन । ’

आफ्नो पतीलाई सम्झदै उनले भनिन्, ‘ म उहाँको रगत पोखिएको ठाँउबाट नेपाली कांग्रेसकै इमान्दार कार्यकर्ताको रुपमा निस्कन्छु । ’ आफुले अहिले टिकट नपाएपनि पार्टीको तर्फबाट तोकिएका उम्मदवारलाई सघाउने प्रतिबद्धता पनि उनले जनाइन् ।

 

peacepokhara .com

https://youtu.be/gnryIi4toJo