सेरा जिमको पाँचौं वार्षिकोत्सव

सेराजिम नेपाल प्रालिले पाँचौं वार्षिकोत्सव मनाएको छ । कोरियन कम्पनी सेराजिमको सहयोगमा थर्मल पद्धतिबाट पोखराको सभागृहचोकमा उरि पोखरा सेण्टर प्रालिले संचालन गरेको निःशुल्क स्वास्थ्योपचार सेवामा वार्षिकोत्सव मनाइएको हो ।
२०६९ साल जेठ ३१ गतेबाट नेपाल भित्रिएको थर्मल उपचार पद्धतिका माध्यमबाट ढाड दुख्ने, गर्दन, खुट्टा लगायत नसासम्बन्धी रोगको उपचार गर्न सेराजिममा थुप्रै व्यक्ति आउने गरेका छन् ।
पाँचौं वार्षिकोत्सवको अवसरमा उरी पोखरा सेन्टर पोखरामा सेराजिमका नयाँ मेसिन म्यानोल मोडको पि ५९० को उद्घाटन समेत गरियो । करिब ३ सय ३० जना नियमित आउने बिरामीहरुको उपस्थितिमा उरिका प्रबन्धक दिलीप सुब्बाले मेसिनको उद्घाटन गरेका हुन् । बुधबार पोखराको सभागृहचोकमा रहेको कार्यालयमा भएको कार्यक्रममा केक काटेर सेराजिमको पाँचौं वार्षिकोत्सव समेत मनाइएको छ ।
त्यस अवसरमा उरि सेन्टर प्रबन्धक दिलिप सुब्बासहित सबै कर्मचारीहरुलाई खादा र अबिर लगाएर बिरामीहरुले बधाई दिनुका साथै भुमकामना व्यक्त गरेका थिए । सेराजिमले देशका मुख्यमुख्य शहरमा सेवा विस्तार गरेको सुब्बाले जानकारी दिए । उरी पोखरा उपचार सेण्टरमा थर्मल अक्युप्रेशर मेशिनका माध्यमबाट उपचार गरिँदै आइएको छ । हरेक दिन करीब ३ सय ३० जना बिरामीले निःशुल्क रुपमा सेवा लिइरहेको प्रबन्धक दिलिप सुब्बाले बताए ।
थर्मल मसाजर पद्धतिबाट उपचार गरिने सेराजिममा लामो समय उपचार गरेर लाभान्वित हुनेहरुले स्वइच्छुक रुपमा सेराजिमका मेसिन खरिद गर्ने गरेका छन् । जसको मुल्य न्यूनतम एक लाख २५ हजारदेखी दुई लाख ५० हजारसम्म रहेको छ ।