नेपालमा जति गीत संगीतको क्षेत्र धरासयी बन्दै गएको छ त्यति नै प्रतिभाशाली सर्जकहरुको आगमन पनि हुदै गइरहेकोे छ । यसै गरि लेखानी ६ बाग्लुङकी प्रतिभाशाली सुमधुर स्वरकी धनि अन्जु पुन मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि छिन । यतिवेला उनको एक पछि अर्को हुदै मौलिक लोक संगीतहरु रेकर्डिङ भईरहेको छ ।राजकुमार बगरको शब्द लयमा तिमलाई कस्तो छ रेकर्डिङ गरेर औपचारिक रुपमा मौलिक लोक संगीत क्षेत्रमा प्रवेश गरेकि अन्जु पुनले नेपाली कथानक चलचित्र लाङघालीमा सालैजो गीत स्वराङकन गरेकि थिइन ।
सानै उमेर देखि बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएपनि धेरै समय पछि एकपछि अर्को गाउने अबसर पाउदा निकै उत्साह बढेको बताउने अन्जु पुनले भर्खरै भेनाकै पिरले ज्यान कौडा गीत र भैयो भेट सालैजो भाकाको रेकर्डिङ सकेकी छिन ।आजभोली मौलिक लोक संगीत
श्रृजनामा सक्रिय रहेकि पुन आफुलाई भद्धा रुपमा प्स्तुत गर्न हुन्न सभ्य तरिकाले प्रस्तुत हुनुपर्छ भन्ने गर्छिन । कलाकार भनेको सभ्य र शालिन हुनुपर्छ किनकी समाजले कलाकारको सिको गरिरहेको छ । कलाकारिता भनेको समाजको ऐनाको रुपमा देखिन्छ त्यसैले हामी समाज अनुसार चल्न सिक्नु पर्छ भन्ने गर्छिन ।तर कलाकार व्यवसायिक रुपमा चल्न भने समय सान्र्दभिक बन्न सक्नुपर्छ अन्जु पुनले भनिन ।
स्रोत मनास्लु पोष्ट
Leave a Reply