सुक गुरुङको उपचारको लागि विश्व तमु संघको तर्फबाट ५१ हजार आर्थिक सहयोग

वरिष्ठ गीतकार तथा संगीतकार सुक गुरुङको उपचारको लागि आर्थिक संकलन गर्ने उद्देश्यले गठन भएको सहयोग समितिद्धारा आज पोखरामा विविध साङगीतिक कार्यक्रम सम्पन्न भएको छ । बीस लाख रुपैय संकलन गर्ने लक्ष्यका साथ सञ्चालन भएको अभियानमा करिब चालीस लाख रुपैय संकलन भएको छ । कार्यक्रममा सुक गुरुङद्धारा रचना र संगीत गरिएको कालजायी गीतहरु पोखराका स्थापित कलाहरुद्धारा प्रस्तुत गरिएको थियो भने हिमाली साँस्कृतिक परिवारका कलाकारहरुद्धारा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु विनोद बाँनिया, अजुदा थापा, धनबहादुर गुरुङ, शान्ति गुरुङ, रुवी गौली, कर्ण दास, ज्ञानबहादुर थापा, नरजंग गुरुङ लगायतले सुक गुरुङद्धारा रचना र संगीत गर्नुभएका गीतहरु आँखैमा झलझली, भाइटिकामा भेटन आउला, छेक्यो छेक्यो देउराली डाडा, दोवाटोमा आँखाहरु नजुधेको होइन, जिन्दागीमा धोका दियो मैले भन्याछैन लगायतको गीतहरु प्रस्तुत गर्नुभएको थियो । अभियानका संयोजक जगन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुपाल गुरुङ, सञ्चारकर्मी शान्ति गुरुङ र कलाकार ज्ञानबहादुर थापाले गर्नुभएको थियो ।
यसैबीच सुक गुरुङको उपचारमा सहयोग गर्ने उद्देश्यले विश्व तमु संघले शुरु गरेको आर्थिक संकलन अभियानमा ५१ हजार ३ सय ६२ रुपैया संकलन भएको छ । संकलित रकम आजै आयोजित साँस्कृतिक कार्यक्रम मार्फत आयोजक समितिका संयोजक जगन गुरुङलाई संघका कोषाध्यक्ष रोशनी गुरुङले हस्तान्तरण गर्नुभयो । अभियानमा संघमा आबद्ध रहि विश्वका विभिन्न देशमा रहनुभएका सदस्यहरुले आर्थिक सहयोग गर्नुभएको थियो । जसमध्ये संघका अध्यक्ष पि.बी गुरुङ (कतार)बाट ५,९८८।, महासचिव यामबहादुर गुरुङ (वाईबी) तथा पोर्चुगलमा रहनुभएका कमल गुरुङ, अनिल गुरुङ, राजकुमार गुरुङ, तुलसी गुरुङ, पूर्ण घले, अमर गुरुङ, प्रितम गुरुङ, डोल गुरुङ विर्खा गुरुङ, दिपेन्द्र गुरुङ, हर्कबहादुर गुरुङ, लोकबहादुर गुरुङबाट १२,२८१।
सचिव आसबहादुर गुरुङ (कतार)बाट ३,७२२।, सदस्यहरु माया गुरुङ (कतार)बाट २,९७९।, रेनुका गुरुङ (कतार)बाट २,८६६। यस्तै अन्य सदस्यहरु भोजराज गुरुङबाट ७,०००। दुर्गाबहादुर गुरुङ (पोखरा)बाट ५,०००।, मिनबहादुर गुरुङ काठमाडौबाट २,०००।, मीना गुरुङबाट १,००५, धिरबहादुर गुरुङबाट १००५, सरिता गुरुङबाट १०००। अविना गुरुङबाट १,०१०। निमा गुरुङबाट १,००५, सरु गुरुङबाट २,०००। दीपक गुरुङ (बाग्लुङ हाल काठमाडौं)बाट १,००१। तथा कोषाध्यक्ष रोशनी गुरुङबाट १,५००। गरि कूल ५१,३६२। रुपैंया हस्तान्तरण गरिएको हो । विश्वभरका तमुहरुलाई शिक्षा, भाषा संस्कृति तथा आर्थिक समवृद्धिको माध्यमबाट एकताबद्ध गर्दै लैजाने उद्देश्यले हालै गठन भएको विश्व तमु संघले आगामी दिनमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै जाने अध्यक्ष पि.बी. गुरुङले जानकारी दिनुभएको छ ।