साथी मुक्तक संग्रह विमोचन

टुडे पोखरा संवाददाता
0Shares

दीपशिखा साहित्य संगमको आयोजना तथा प्रगतिशिल वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित युवा मुक्तककार सुशान्त शाही “नीरव”को “साथी” मुक्तक सङ्ग्रह विमोचन एवं दीपशिखा साहित्य संगमको वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

“साहित्य समाजको ऐना हो जसले हाम्रा गतिविधिहरुलाई दृश्यालोकन गराउदै सुधार वा समाज विकाशमा टेवा पु¥याउँछ । गण्डकी प्रदेशले साहित्यिक गतिविधिलाई थप प्रोत्सहान गर्न भावी दिनमा कार्यक्रमहरु तय गरिरहेका छौँ ।” प्रमुख अतिथि अर्थ तथा विकाश समिति सभापति माननिय सांसद दिपक कोईरालाले बताउदै आफू पनि यस्ता साहित्यिक गतिविधिहरुलाई सक्दो सहयोग गर्न ईच्छुक भएको बताए ।

“साथी” मुक्तक सङ्ग्रह माथि समिक्षा राखेका साहित्यकार सञ्जिव पौडेलले “साथी” मुक्तक सङ्ग्रह भित्र देश, मातृु प्रेम र माया प्रेममा हुने गरेका मिलन विछोड आदि भावले ओतप्रोत मुक्तक सङ्ग्रह पठनिय रहेको बताए । उक्त कार्यक्रममा समाजसेवी बुद्धि कुमारी गुरुङ्गले साहित्यकार श्रीराम ढकाललाई रु पाँच हजार, दोसल्ला खादा सहित शिक्षा र साहित्यमा थप अगाडी बाड्नु भन्दै सम्मान गरेकी थिइन ।

रामपुर–५, कोइलाटारी, पाल्पामा जन्मेका, अनेक दुःख सुख भोगेका सुशान्त शाही “नीरव” को स्रष्टा परिचय विकाश गौतम अर्चुलले राखेको उक्त कार्यक्रममा स्वागत मन्तब्य राजकुमार आचार्यले राखेका थिए । आर्थिक वर्ष २०७४÷७५ मा दीपशिखा साहित्य संगमले गरिव जेहेन्दार विध्यार्थी, अपाङ्ग र साहित्यकारलाई झण्डै पचास हजार भन्दा माथिको रकम सहयोग गरेको साहित्यिक गतिविधिहरुमा सहयोग तथा साहित्यिक कार्यक्रम आयोजना गरेको दीपशिखा साहित्य संगमले भावि दिनमा पुस्तक प्रकाशन सहित थप साहित्यिक कार्यक्रमहरु गर्ने लक्ष्य लिएको दीपशिखा साहित्य संगमका अध्यक्ष रामजी प्रसाद आचार्यले बताए ।