सातौं बिग आइकनले पुरस्कार स्वरुप यामाहाको स्कुटर प्राप्त गरेका छन् । यस्तै, फस्र्ट रनरअप र सेकेण्ड रनरअपले पनि नगद पुरस्कार प्राप्त गरे । यामाहा ब्राण्डका मोटरसाइकलको यहाँस्थित आधिकारीक विक्रेता बिश्वकर्मा अटो वक्र्स नयाँबजारले बिग आइकन सुवास गुरुङलाई स्कुटर प्रदान गरेको हो । आइतबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका म्यानेजिङ डाईरेक्टर सरोज श्रेष्ठले सुवासलाई स्कुटरको चाबी हस्तान्तरण गरे । प्रथम पुरस्कार स्वरुप झण्डै एक लाख ८५ हजार मूल्य बराबरको यामाहा रे जेडआर स्कुटर रहेको छ ।
बिग आइकनको उपाधि विजेताका लागि यामाहा मोटरसाइकलको नेपालस्थित आधिकारीक विक्रेता कम्पनी मोरङ अटोवक्र्स (एमएडब्लू) इन्टरप्राइजेज प्रालिले बिग आइकन आयोजक संस्था बिग एफएमसँग सम्झौता गरेको थियो । यो कम्पनीले बिग आइकनसँग व्यवसायिक रुपमा सहकार्य गरेको पहिलोपटक हो ।‘अघिल्ला सँस्करणहरुमा अरु थुप्रै अटोमोबाइल कम्पनीहरु यो इभेन्टसँग जोडिएको पायौँ । यसपटक हामी आफै जोडियौं’ म्यानेजिङ डाइरेक्टर श्रेष्ठले भने–‘पहिलो सहकार्य नै फलदायी भएको महसुस गरेका छौं । नेपालकै प्रतिष्ठित र चर्चित गायन प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गर्दा हामी जसरी जोडियौं । यसले फाईदा पुगेको छ ।’
रेडियोले प्रतियोगिताका फस्र्ट रनरअप सागर आले र सेकेण्ड रनरअप प्रिया गुरुङलाई क्रमशः ७५ हजार र ५० हजार हस्तान्तरण ग¥यो । बिग आइकन टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी मोबाइलको यहाँ स्थित आधिकारीक विक्रेता वल्र्डवाइड कनेक्शनका शुशिल कुमार गुरुङका हातबाट रेडियोले पुरस्कार रकम हस्तान्तरण गरेको हो । गुरुङले सामसुङ मोबाईलले दोस्रो बिग आइकनदेखि नै अहिलेसम्म छैटौं पटक निरन्तर मुख्य प्रायोजकका रुपमा सहकार्य गरेको स्मरण गर्दै इतिहास कायम गरेको उल्लेख गरे ।
त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले यामाहाजस्तो विश्वचर्चित ब्राण्डले बिग आइकनमा सहभागिता जनाउनु निकै राम्रो कुरा भएको बताए । ‘हाम्रो इभेन्टको प्रभाव यसले देखाउँछ । यति महत्वपूर्ण सहकार्यले नै बिग आइकन सभ्य र भव्य रुपमा सम्पन्न हुन सक्यो ।’ उनले भने–‘स्थानीय स्तरमा भएको साथले झनै निकट रहेर अघि बढ्न सकिन्छ । आगामी दिनमा पनि यो खाले सहकार्य रहिरहोस् ।’
पुरस्कार प्राप्त गरेपछि बिग आइकन सुवासले आफू अत्यन्त खुशी भएको बताए । अहिले विभिन्न प्रकारका इभेण्टहरु आयोजना हुने तर आयोजकले घोषणा गरेबमोजिम पुरस्कार नदिने गरेको तितो यथार्थ हामीमाझ रहेको भन्दै उनले नेपालमै सबैभन्दा धेरै पटकसम्म निरन्तर आयोजना भईरहेको बिग आइकनले आफूलाई फरक ढंगले स्थापित गरेको बताए । सुवासलाई अब बेलायतको सांगीतिक भ्रमण गराउने तयारीमा एफएम जुटिसकेको छ ।
Leave a Reply