सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट आस्थामगर पुरस्कृत

टुडे पोखरा संवाददाता
0Shares

पोखरा- एबीसी टेलिभिजनका पोखरा ब्यूरो प्रमुख एम बी आस्थामगर सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् . । विहिवार सहारा क्लबको १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा उनलाई पुरस्कृत गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले उनलाई आयोजकका तर्फबाट १५ हजार ५ सय ५५ रुपैया, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरे । अग्रज पत्रकार एबं क्लबका सल्लाहकार नारायण कार्की संयोजकत्वको प्रतिभा छनौट समितिको सिफारिसको आधारमा उनलाई सम्मान गरिएको हो ।

आस्था स्थापना कालदेखि एबीसी टेलिभिजनमा आबद्ध छन् भने डेढ दशकदेखि पोखराको पत्रकारितामा क्रियाशिल छन्।  कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमाम उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ ।

तस्वीर :गोकुल बानियाँ