सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

Today Pokhara
0Shares

सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीचको बैठक सम्पन्न भएको छ । बुधबारबिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।सप्तरी घटनापछि सिर्जित परिस्थितिको समीक्षा गर्न प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई बालुवाटारमा  बोलाएका थिए

 

बैठकमा मोर्चाका नेताहरुले बैशाख ३१ गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्नुपर्ने, संविधान संशोधन विद्येयक अगाडि बढाउनुपर्ने, सप्तरी घटनाका दोषीमाथि कार्वाही हुनुपर्ने, घटनाका मृतकहरुलाई सहिद घोषणा, परिवारलाई राहत र घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने विषय समेटिएको ज्ञापन पत्रबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका मागबारे सरकारमा सहभागी दलहरुसँग छलफल गरेर निष्कर्ष पुग्ने जानकारी गराए ।

हाम्रो फेसबुक पेज

हाम्रो युट्यूब च्यानल