छवि मगर
पोखरा, १४ मंसिर ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) ले सडक महोत्सबको १८ औं संस्करण गर्ने भएको छ । अंग्रेजी नयाँ बर्षको अबसरमा हरेक वर्ष रेवानले गर्दै आएको सडक महोत्सवको १८ औं संस्करण पुष १३ देखि १७ गतेसम्म पोखराको पर्यटकिय क्षेत्र लेकसाईडमा हुनेछ । सडक महोत्सव प्रत्येक बर्ष एउटै मितिमा हुने गर्छ ।
‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सबको तयारी तिब्र पारिएको सोमवार गरिएको पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराइका अनुसार लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव चल्नेछ । महोत्सब अबधिभर लेकसाईडका रेष्टुरेन्टले सडकमै व्यापार गर्नेछन् ।
पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले १७ बर्षदेखि गरिदै आएको महोत्सबलाई यो बर्षपनि भव्य बनाउन आयोजक लागि परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सबमा देशका विभिन्न स्थानको सास्कृतिक कार्यक्रम सहित छिमेकी देशका सास्कृतिक कार्यक्रम पनि देख्न पाइनेछ । छिमेकी राष्ट्र भारत, चीन तथा कोरियाको सास्कृतिक प्रस्तुतीका लागि दुतावाससँग छलफल भैरहेको भट्टराईले बताए ।
९० लाख आम्दानी हुने महोत्सबबाट खर्च कटाएर १० देखि १५ लाख रुपैया बचतको अपेक्षा गरिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिए । महोत्सबको अन्तिम दिन नयाँ बर्षको स्वागतार्थ राती २ बजेसम्म विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ ।पोखराका विभिन्न आमा समुह, भजन समुह लगायत विभिन्न जातीय झाकीहरु, वाल उद्यान, ख्यातीप्राप्त कलाकारको दोहोरी गीत, हास्य प्रस्तुती सहित चर्चित कलाकारको लाइभ कन्सर्ट महोत्सबका आकर्षण हुन् ।
महोत्सबकै मौका छोपी रेष्टुरेन्टमा काम गर्ने कर्मचारीविच दौड र वेटर रेस, संघसंस्था विच विविध खेलकुद कार्यक्रम, सहासिक र मनोरन्जनात्मक गतिविधिवारे बृत्तचित्र, फोटो प्रदर्शनी लगायत समावेश गरिएको छ । महोत्सबको मुख्य प्रायोजन हिमालयन डिस्टिलरी प्रालि र गोर्खा ब्रुअरी प्रालिले गरेको छ । सह प्रायोजन वोटलर्स नेपाल (तराई) लिमिटेडले गरेको छ भने प्रबद्र्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।
Leave a Reply