संघियता कार्यान्वयनको दायित्व प्रदेश सदस्यको ः मन्त्री चुमान

ऐतिहासिक संघियता कार्यानवयनका लागि सबै भन्दा बढी जिम्मेवारी प्रदेशसभाका सदस्यहरुको भएको प्रदेश नं ४का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले बताएका छन ।
तमु ह्युल छोजधि गुरुङ्ग राष्ट्रिय परिषद नेपालले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री चुमानले बिभिन्न खाले आन्दोलनको उपलब्धीको रुपमा आएको संघियतालाई सस्थागत गर्ने दायित्व प्रदेशसभाका सदस्यहरुकै मुख्य भएकाले सोही अनुसार प्रस्तुत हुन उनले सबैलाई आग्रह गरे । यो कार्यान्वयन हुदा देशमा भएको बिबिधता लाई संबोधन गर्न सकीने भएकाले सबै जाती ,धर्म , पेशा र जनबर्गका मानिसहरुले अपनत्व महसुश गर्न सक्ने खालको संघियतालाई बिकास गर्न जरुरी भएको उनको भनाई थियो । अब पनि परिबर्तनको लागि आन्दोलन गर्न परे देश झन पछाडी पर्दे जाने र हामी सबै असफल हुने अबस्था आउने मन्त्री चुमानले बताए ।
कार्यक्रममा नेकपा एमालेका अञ्चल सचिव मायानाथ अधिकारीले जनतालाई अधिकार सम्पन्न बनाउने गरि संघियता ल्याएको स्मरण गराए । नेपाली काग्रेसका प्रदेश सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भए अनुसार काम गर्न बामगठबन्धनलाई आग्रह गरे । अहिले आफुहरु रचनात्मक प्रतिपक्षमा रहेकोले जनतालाई बिकास र संबृद्धि दिने योजना ल्याए समर्थन गर्ने उनको भनाई थियो । नयाँशक्ती पार्टीका सदस्य हरिशरण आचार्यले पनि बालेका थिए ।
कार्यक्रममा र्निबाचित प्रदेश सदस्यहरुलाई सम्मान गरिएको थियो ।