पोखरा लेखनाथ महानगरपालिका मेयर मान बहादुर जिसीले महिलाहरु लाई सक्षम बनाउन महानगर सहयोग गर्न तयार रहेको बताउनु भएको छ । पोखरका लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा शिसुवा तालुपाते तमु (गुरुङ ) समाज द्धारा आयोजित महिलाहरुको नेतृत्व विकास एव क्षमता अभिबृद्धि गर्नको लागि आयोजित पाँच दिने उदघोषण तालिमको समापन कार्यक्रम बोल्दै प्रमुख अतिथि मेयर जिसीले सो कुरा बताउनु भएको हो । बुधबार बाट शुरु भएको तालिम आइत बार सकिएको हो । जिसीले सहभागीहरुको भनाई सुने पछि तालिममा सहभागीहरु आगामी दिनमा आफ्ना कार्यक्रम र अन्य समुहको पनि कार्यक्रम निर्धक्क सञ्चालन गर्न सक्ने भएको आफुले महसुस गरे भन्दै तालिम सफल भएको बताए ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले महानगरले महिला शसक्तिकरणको लागि तिन वटा कुरा लाई आत्म साथ गरेको बताए । पौडेलले शिक्षा, सिप र पैशा भए महिला शसक्तीकरण हुने बताए । उहाँले यस तालिम शिक्षा र सिप दुवै भएको पनि बताए ।
पो.ले महानगर वडानं ३०का वडा अध्यक्ष श्रीराम पोखरेलले महिला शसक्तिकरणको लागि वडाले पनि प्राथामिकतामा पारेको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरु लाई निरन्तता दिने बताए । तालिमका प्रशिक्षक एवं रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले पाँच दिनको तालिम बाट सहभागीहरुमा धेरै परिवर्तन आएको भन्दै सहभागिहरुको सिक्ने इच्छाको कारणले नै तालिम सफल भएको बताए । सहभागीहरुले गरेको प्रगति उहाँहरु भित्र रहेको कला लाई तालिमले बाहिर ल्याउने काम गरेको बताए । अहिलेको अबस्थामा बोल्ने कला महत्वपुर्ण कला भएको पाण्डेय भनाई थियो ।
शिसुवा लालुपाते तमु (गुरुङ) समाजका सचिव आशमाया गुरुङले आफुहरु धेरै पटक महानगर धाएर ल्याएको कार्यक्रम सोचे भन्दा पनि सफल भएको भन्दै खुशी ब्यक्त गरे । उहाँले महानगरले गरेको सहयोग प्रति आभार प्रकट गर्दे आगामि दिनमा पनि हातेमालो गर्दे अगाडि बढ्ने बताए । वडानं ३० का विभिन्न समुह बाट ५० जना महिलाहरुको सहभागिता रहेको तालिममा पत्रकार घनश्याम पाण्डेय र शन्देस श्रेष्ठले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा सहभागी मन्तब्य राख्दै रुपा लामा र रोजीना गुरुङले आफुहरुले बर्षो सम्म पनि नसिकेको कुरा पाँच दिनको तालिममा सिकेको बताउदै तालिममा कार्यक्रम सञ्चालन मात्रै नभएर दैनिक घर ब्यबहार समाजमा कसरी बोल्न, के बोल्ने, कस्तो ब्यबहार गर्ने भन्ने कुरा पनि सिक्न पाएको भन्दै खुशी ब्यक्त गरे । आफुहरु लाई ब्यक्ति बाट ब्यक्तित्व बनाउने काम तालिमले गरेको बताए । तालिममा सहभागी कविता गुरुङले सञ्चालन गरेको कार्यक्रम समाजका अध्यक्ष क्याप्टेन मोहन सिङ गुरुङको अध्यक्षतामा भएको थियो । तालिमका संयोजक बुद्धिमाया गुरुङले सहभागीहरुको खुशीनै आफुहरुको खुशी भएको बताए । सहभागीहरुले प्रशिक्षक पाण्डेय लाई मायाको चिनो सहित फूलमाला , खादा र अविर लगाएर विदाई गरेका थिए ।
Leave a Reply