भुकम्पबाट क्षतिग्रस्त भई सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविमा सहारा युकेद्धारा निर्मित विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप ५ लाख रुपैया हस्तान्तरण गरिएको छ ।
बीस लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको सोमवार अवलोकन गर्नुहुदै सहारा युकेका प्रमुख सल्लाहकार, सामाजिक अभियन्ता महेस गुरुङले अन्तिम किस्ता स्वरुप ५ लाख रुपैया एक कार्यक्रम विच हस्तान्तरण गरे ।
सहारा युकेको विद्यालय भवन निर्माण अभियानमा सहारा क्लव पोखराको विशेष समन्वयमा भुकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय कोठा निर्माणका लागि सहारा युकेका संरक्षक अरुणकुमार चौधरीले ५ लाख रुपैया, सहारा हङकङले ५ लाख रुपैया, सहारा अष्ट्रेलियाले ५० हजार रुपैया प्रदान गरेको र अन्य रकम सहारा युकेले संकलन गरेको प्रमुख सल्लाहकार महेस गुरुङले जानकारी दिए ।
उक्त ५ कोठे विद्यालय भवनको आउदो माघ ७ गते विशेष कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताए।
Leave a Reply