वर्षैपछि पोखरा सभागृहमा गुञ्जियो ‘कन्दरा’

छवि मगर

पोखरा सभागृहको हलमा कन्दरा ब्याण्डले बृहत लाइभ कन्सर्ट गरेको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखरा मेट्रो सिटीको आयोजनामा कन्दरा ब्याण्ड सोमबार लाईभ कन्सर्टमा उत्रिएको हो ।

दर्शकको बाक्लो भिड कन्दरा लेखिएको कालो टिसर्टमा उत्रिएका ब्याण्डले दर्शकलाई भरपुर मनोरञ्जन दियो । ‘के पहाड के तराई…’ बोलको राष्ट्रिय गीत गाउँदै स्टेजमा उत्रिएका कन्दराका मेन भोकलिष्ट विवेक श्रेष्ठले कार्यक्रम अवधिभर दर्शकको साथ पाइरहे ।

बिबेकले गीत गाउँदै गए । दर्शकै उनको स्वरमा ताल मिलाउँदै साथ दिए । विवेकले रातै बिझायो, दिन बिते, उत्सव गीतपछि डान्सिङ नम्बर गीत गाए चन्चले कान्छी । जसले अघिसम्म मन्त्रमुग्ध भइरहेका दर्शकलाई उठेर नाँच्ने बनायो । तातिएको माहौंल देखेर हौसिएका बिवकेलाई खलखल्ती बगेको पसिनाले झन् उर्जा दियो ।

img_0789त्यसपछि डाँडापारी याम्दी खोला, कहाँ हिडेकी बोलको गीत लगत्तै उनले फूलचोकीको… गीत गाउँदा दर्शकलाई भरपुर मनोरञ्जन दिए । सांगीतक माहौल तातिरहेको बेला उनले गोपाल योञ्जनप्रति समपर्ण गर्दै ्जय जय नेपाल गीत गाउँदा सबै दर्शकले गाएर साथ मात्रै दिएनन्, आआफ्नो सिटमा उठेर नाचे पनि ।
बिदेशिएर गइन् गाइसकेपछि उनले सदाबहार लाग्ने गीत तगारोमा रुमाल राखी…’ गाउँदा धेरै गीतकार बिनोद गौचनलाई सम्झिए

। त्यसपछि भेडि गोठैमा, नरोउ मायालु, चन्द्रकोटकी नानी, लेककी हे माया गीत गाएर दर्शकलाई छमछमी नचाए । त्यसपछि सबैको पखाईमा रहेको कन्दराको सबैभन्दा चर्चित गीत ‘हङकङ पोखरा’ गीत गाउँदा हलमा बसेका सबै दर्शक जुरुक्कै उठेका थिए ।
कन्दराका गीत सुन्न एक हजार, पाँच सय र दुई सय को टिकट तिरेर उल्लेख्य दर्शक सभागृह पुगेका थिए । बिवेकलाई ब्याण्डका सुनिल थापाले ड्रम, अनिल गुरुङ बेस्ट गीतार, असिम शेरचन र अमित गुरुङले गीतार, किबोर्डमा बुद्धराज बज्राचार्य र अबिनास गायकले मादलमा साथ दिएका थिए ।

लामो समयको ग्यापपछि आफ्नै जन्मभूमि पोखरामा लाइभ कन्र्सट गर्न पाउँदा निकै खुसी लागेको बिबेकले बताए । ‘कन्दरा पोखरेली म्यूजिकलाई बोकेर हिडेको ब्याण्ड हो । यति लामो ग्याप पछि नयाँ जेनेरेशनलाई पूराना गीत सुनाउँदा म एकदमै नोस्टाल्जिक भएँ ।’