लोकेसले गरे भलिबल खेलाडीलाइ जर्सी सहयोग

Today Pokhara
0Shares

पोखराप्लस संवादाता

प्रदेशमा भएपनि नेपालका लागि केही गरौ भन्ने मन भएका का लोकेस गैह्रेले तनहुँको भिमादमा हुन गैरहेको पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागितालाई जर्सी सहयोग गरेका छन् ।
loke-2
पेल्काचौर–१ स्याङ्जा स्थायी ठेगाना भई हाल वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका लोकेसको तर्फबाट राजेन्द्र शर्माले जिल्ला भलिबल संघ स्याङ्जाका अध्यक्ष शिव संसार श्रेष्ठलाई जर्सि हस्तान्तरण गरे । त्यस्तै अध्यक्ष श्रेष्ठले सोही जर्सी उपकप्तान सन्जु बिक्रम शाहलाई प्रदान गरेका थिए । अध्यक्ष श्रेष्ठले सघंको तर्फबाट नगद १५ हजार खेलाडीहरुलाई प्रदान गरेका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छ्याम थापा। नेपाल भलिबल संघका केन्द्रिय सदस्य राज कुमार गुरुङ, स्याङ्जा जिल्ला भलिबल संघका सल्लाहकार एबम पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका सदस्य देवेन्द्र केसी, कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यलय प्रमुख प्रकाश बरालको उपस्थिति रहेको थियो
लामो समय देखि कतारमा काम गर्दे आएका लोकेसले त्यहाँ पनि विभिन्न काममा सहयोग गर्दै आएका छन् । दशै अवसरमा पनि लोकेसको अगुवाइमा पोखराको सितापाइलामा रहेको बृद्धा आश्रमा पनि सहयोग गरिएको थियो ।