लोकतन्त्रको रक्षाका लागि कांग्रेसमा मतदान

कास्की जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार पूर्व सांसद शुक्रराज शर्माले लोकतन्त्रको रक्षाका लागि यसपालीको निर्वाचनमा नेपाली कांग्रेसको विजय आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ कास्कीले आयोजना गरेको चुनाव प्रचार प्रसार समिति गठन एवं सुझाव संकलन कार्यक्रममा बोल्दै नेता शर्माले अहिलेको परिस्थितीमा नेपाली कांग्रेस मात्र लोकतन्त्रको सच्चा पहरेदार र देशमा शान्ति एवम् विकासको लहर ल्याउने एकमात्र पार्टी भएकोले नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
कास्की जिल्लाको क्षेत्र नम्बर ३ भौगोलिक हिसावले पनि अत्यन्तै जटिल तथा उत्तिकै मात्रामा पर्यटन, कृषि लगायतका थुप्रै सम्भावनाहरु रहेकोले पनि ती सम्भावनाहरुको थप पहिचान र प्रबद्र्धन गर्नका लागि आफू सदैब केन्द्रित भएर लाग्ने प्रतिबद्घता सहित आफूले उम्मेदवारी दिएको नेता शर्माले बताउनुभयो ।
उक्त कार्यक्रमा नेपाली कांग्रेसको पक्षमा चुनावी परिणाम ल्याउनको लागी क्षेत्र नम्बर तीनमा ३ हजार ५ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिती गठन भएको क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ३ प्रदेश सभा क का उम्मेदवार शारदा पौडेलले नेपाली कांग्रेस जित र हार भन्दा पनि लोकतन्त्रको रक्षाका लागि चुनावमा होमिएको भन्दै यसको मर्म बुझ्न आग्रह गर्नुभयो । यस्तै प्रदेश सभा ख तर्फका उम्मेदवार भोजबहादुर गुरुङले आफू सधै अन्यायको विरुद्धमा लड्दै आएको र भाषण भन्दा काममा विश्वास गर्ने भएकाले जनताको पक्षमा काम गर्नका लागि कांगे्रसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा तर्फका समानुपातिक सांसदका उम्मेदवार आनन्दराज मुल्मी, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, महासमिति सदस्य दिपक गुरुङ, खेमराज पौडेल, रामचन्त्र त्रिपाठी, मन बहादुर वि.क., पुर्व क्षेत्रीय सभापति आई बहादुर गुरुङ, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सह–सचिव भरतबहादुर अधिकारी, डाक्टर यमनाथ तिमिल्सीना, निलकण्ठ शर्मा, जिल्ला सदस्य कृष्ण तिमिल्सीना, बिष्णु बहादुर क्षेत्री, शंकर ढुंगाना, वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी, विद्यार्थी नेता गोविन्द लामिछाने, शिक्षक नेता राजु क्षेत्री, महिला नेतृ खेम कुमारी गरुङ लगायतले राष्ट्रको चौतर्फी विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसमा मतदान गर्न आग्रह गरेको क्षेत्रीय सहसचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।