लोककवि अली मिया“ स्मृति दिवसका सन्दर्भमा पोखरा लेखनाथ वडा नम्बर–११, पूmलबारी, भानुमार्गमा अवस्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थल भानुपार्कको सरसफाइ कार्यव्रmमसहित अली मिया“ लोकवाङ्मय प्रतिष्ठान, पोखराको साधारण सभा सुसम्पन्न भएको छ । कार्यव्रmमका प्रमुख अतिथि संस्कृतिविद् डा. कुसुमाकर न्यौपानेले लोककवि अली मिया“को लोक साहित्यको उत्थानका निम्ति गर्नुभएको जीवन भरको सङ्घर्ष र निस्वार्थ कर्म, धार्मिक सहिष्णुता एवम् स्वाभिमान जस्ता गुणहरू स्रष्टाहरूले अनुसरण गर्नुपर्ने कुरा बताउनुभयो । उक्त कार्यव्रmममा प्रतिष्ठानका अध्यक्ष हनिफ मिया“, प्राज्ञ हरिदेवी कोइराला, लोकगायक पद्मराज ढकाल, संस्कृतिकर्मी तुलसी ‘प्रवास’, साहित्यकारहरू अम्बिका प्रसाद भट्टराइ, भिम रानाभाट, धर्मराज पौडेल ‘अल्पायु’, भानुमार्ग ‘क’ आमा समूहकी अध्यक्ष मीठु गुरुङ, भानुभार्ग ‘क’ टोल विकासका सचिव सुर्यमोहन ढकाल लगाएतले लोककवि अली मिया“को व्यक्तित्व, कृतित्व तथा सांस्कृतिक योगदानका बारे चर्चा गर्नुभएको थियो । भानुपार्कको सरसफाइपछि प्रतिष्ठानका अध्यक्ष हनिफ मिया“को सभापतित्वमा सम्पन्न अली मिया“ लोकवाङ्मय प्रतिष्ठानको साधारण सभामा सचिव पद्मराज ढकालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष तुलसी ‘प्रवास’द्वारा प्रस्तुत आर्थिक प्रतिवदेन सर्व सम्मतिले पास गरियो । प्रतिष्ठानकी उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत मन्तव्य प्रस्तुत गर्नभएको थियो ।
Leave a Reply