लेकसिटी युथ क्लबको अध्यक्षमा अर्जुन भण्डारी

Today Pokhara
0Shares

‘युथ मुभमेन्ट फर सोसियल चेन्ज’ भन्ने नाराका साथ लेखनाथ–७ तालचोक कास्कीमा स्थापित लेकसिटी युथ क्लबको मंगलबार भएको अधिवेशनबाट अर्जुन भण्डारी सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
क्लबको उपाध्यक्ष सुवास भुर्तेल, गोपीकृष्ण तिवारी, सचिव नवराज न्यौपाने, सहसचिव नविन गुरुङ, कोषाध्यक्ष सुजनमणी दहाल चयन भए ।
यस्तै क्लबको सदस्यहरुमा मनोज शाह, राजन अधिकारी, रमेश मगर, उज्वल हमाल, रजनीश राना, सन्तोष गुरुङ, नवराज शर्मा, सुस्मिता भुर्तेल, अनिशा भण्डारी, मनिषा जमरकट्टेल, आशिष आलेमगर रहेका छन् ।
रोशेष श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथी संस्थापक अध्यक्ष सुरजजंग राणा, अतिथी पूर्व अध्यक्ष्य जितेन्द्र क्षेत्री, व्यवसायी महेन्द्र क्षेत्री लगायतले क्लबका पदाधिकारीलाई शुभकामना दिएका थिए । कार्यक्रमको संचालन सन्दिप पौडेलले गरेका थिए ।