लिपेयानीमा घरघरमा खानेपानीको धारा प्रतिनिधि सभाका सांसद द्धारा उद्घाटन ।

 

कास्कीको मादी गाउँपालिका वडानं १२ लिपेयनीका ८८ घरघरमा खानेपानीको धारा पुगेको छ । सोमबार एक कार्यक्रमका विच टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाको पुर्व स्वास्थ्यमन्त्री एव हालै नबनिर्बाचित प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले उद्घाटन गरे । तत्कालिन संविधान सभाका सभासद तेजकुमारी पौडेलको पहल र स्थानीय कृष्णराज दाहालको सक्रियतामा परेको योजनाको चैतमा सभासद तेजकुमारी पौडेलले सिलन्यास गरेकी थिईन ।
गाँउ मुनि रहेको मुलको पानी १ सय ४६ मिटर माथी लिफ्ट मार्फत लगेर बितरण च्याम्बर बनाए पछि ओझा गाउँ र कमलटारीमा टयाङकी निर्माण गरेर वितरण गरीएको छ । कार्यक्रमको उदघाट पछि बोल्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका अधिकारीले घर घरमा पानी आए पछि अब दिगो रुपमा संचालनको लागि उपभोक्तानै सचेत हुनुपर्ने बताए । अधिकारीले पानी पिउनुको साथै घर घरमा तरकारी ,फलफुल लगाउन पनि किसानहरुलाई आग्रह गरे । अधिकारीले विजुली बाट पानी तान्दा लाग्ने विजुलीको खर्चमा ५० प्रतिशत छुटको लागि अब बन्ने सरकारले निर्णयगर्ने बताए । कार्यक्रममा सहभागी कास्की क्षेत्रनं १ अन्तरगत प्रदेश सभा १ र २ का सांसदद्धय दीपक कोइराला र मन बहादुर गुरुङ तर्फ बाट समेत आफुले मन्तब्य राखेको बताउदै अधिकारीले जनताहरु लाई आफ्नो स्वास्थ प्रति सजक रहन आग्रह पनि गरे ।
संविधान सभाका निर्बतमान सभासद तेजकुमारी पौडेलले छोटो समयमा योजना सफलभएको खुशी ब्यक्त गरे । योजना पार्ने बेलामा समयमै काम हुदैनकी भन्ने चिन्ता लागेको भए पनि निर्धारित समयमै काम सफल भएकोमा स्थानीय र खानेपानी , क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलका प्राविधिकहरु लाई धन्यबाद दिए ।
मादी गाँउपालिकाका प्रमुख बेद बहादुर गुरुङ (श्याम)ले ५ बर्ष भित्र मादीका सवै घरघरमा खानेपानी धारा निर्माण गरीने बताए ।
खानेपानी , क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलयका प्रमुख रमाकान्त दवाडीले नेपाल सरकारले खानेपानी लाई पहिलो प्राथमिकतामा राखेको बताए । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलयका प्राविधिक सनम थापाले परियोजना दिगोरुपमा सञ्चालन गर्नको आबश्यक रहेको बताए । उनले सहि सदुपयोग गर्न आग्रह गरे । टुनीपानी लिफ्ट खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष कृष्णराज दाहालले आफुले लिएर गएको योजना सासद तेजकुमारी पौडेलले अर्थमन्त्री कृष्ण बहादुर महरा मार्फत योजना पारेर गाउँले लाई खानेपानी खुवान पाएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा मुहान दाता र जग्गा दाताहरु लाई सम्मान पत्र र दोसल्लाह ओडाएर सम्मान समेत गरीएको थियो । कार्यक्रममा वडानं १२का वडा अध्यक्ष चित्र बहादुर गुरुङ,स्थानीय दयाशंकर बराल, बेल बहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।