लिटल फ्लावरमा पुरस्कार वितरण

टुडे पोखरा संवाददाता
0Shares

 

पोखरालेखनाथ–२७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा शुक्रवार पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी ल्याप्टेन धनबहादुर गुरुङ, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ, सल्लाहकार धनकुमारी गुरुङ, संस्थापक देवी खड्का, संस्थापक निर्देशक कमल खड्का, प्रिन्सिपल विष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप प्रमुख सुशिल सुनार लगाएतले पुरस्कार वितरण गरेका थिए । अर्को साता रजत जयन्तीको मूल समारोहमा विविध कार्यक्रम भएका कारण खेलकुद सप्ताह लगाएतका पुरस्कार शुक्रवार नै वितरण गरिएको निर्देशक खड्काले वताए । खेलकुदका विविध विधाका साथै उत्कृष्ट खेलाडी पुरस्कार र वर्षका उत्कृष्ट अनुशासन, सरसफाई लगाएतका अन्य अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गरिएका हुन् । संस्थापक देवी खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक श्याम खनालले गरेका थिए । विद्यालयले माघ २६ गते शुक्रवार रजत जयन्ती मूल समारोह सम्पन्न गर्ने भएको छ । कार्यक्रममा मावि इञ्चार्ज हरि सापकोटा, आधारभूत तह इञ्चार्ज गोपाल शाही, शिक्षिका हेमा पुन, जीना गुरुङ, प्रनीशा गुरुङ लगाएतले सहयोगीको भुमिका निर्वाह गरेका थिए ।