लायन्स गभर्नरद्वरा बिद्यालय भवनको सिलान्यास

दुई लायन्स क्लवद्धरा धादिंङ्गमा बिद्यालय भवन निर्माण गर्ने भएका छन। लायन्स क्लब अफ पोखरा लेकसिटी र धादिंङ्ग निलकण्ठले संयुक्तरुपमा बिद्यालय भवनको निर्माणमा जुटेका हुन् ।
धादिंङ्गको निलकण्ठ ८ रामकोट स्थित रहेको श्री मेलमिलाप कंकाली आधारभूत बिद्यालयको ४ कोठे पक्की (ढलान) भवनको प्रमुख अतिथि लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालका गभर्नर बालकृष्ण बुर्लाकोटीले सिलान्यास गरेका छन्। ५५ लाखको लागतमा भवन निर्माण गरिने छ।

निर्माण कार्यमा लाग्ने ५५ लाख मध्ये ४० लाख रुपैयाँ,नेपाल एसोशिएसन ईन युके,हिमालयन यतिबाट प्राप्त हुनेछ भने बाँकी १५ लाख रुपैया क्लवहरुले उपलब्ध गराउने छन् ।
सिलान्यास कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर बुर्लाकोटीले क्लवद्धरा संयुक्तरुपमा निर्माण थालिएको योजना समग्र बागमति अञ्चलमै ठूलो र महत्वपुर्ण भएको बताए। उनले समाज सेवाकालागि यस्तै महत्वपुर्ण कार्यहरु सञ्चालन गर्न आग्रह गर्दै डिष्ट्रिकले यस योजनालाई नमुनाको रुपमा अगाडि बढाउने बताए ।
कार्यक्रमका बिशेष अतिथि पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठले दुई वटा क्लवहरुको संयुक्त आयोजनामा भूकम्म प्रभावित क्षेत्रमा विद्यालय निर्माण गर्ने महत्व पुर्ण कार्य गरेकोमा प्रसंसा गरे ।उनले आगामी दिनमा समेत क्लवहरुले विभिन्न सेवा र सुबिधाबाट बन्चित सर्वसाधारणले प्रत्यक्ष राहतको अनुभुति गर्ने गरी सेवामुलक कार्यहरु सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा पुननिर्माण कमिटीका चिफ लायन राजेन्द्र कुमार बाटाजू,स्कूल सपोर्ट कमिटीका डिष्ट्रिक चियरपर्सन लायन उत्तम मान बुद्धाचार्य, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, गाबिस महासंघ नेपालका महासचिब भिमप्रसाद ढुंगाना लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।
लायन्स क्लब अफ धादीङ्ग निलकण्ठका अध्यक्ष दीपक कोइरालाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन सोहि क्लबका द्वितीय उपाध्यक्ष ईश्वरी पाण्डेले गरेका थिए । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष लायन जगदीश गौतमले गरेका थिए भने सहयोगी संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।