लमजुङ लिल फङ घले समाजको प्रथम जिल्ला अधिवेशन सम्पन्न

सुक घ्याल्दुङ घले

लमजुङ भोटेओडारमा आयोजन गरिएको जिल्ला अधिवेशनलाई प्रमुख अथिती केन्द्रिय महासचिब जित बहादुर घलेले दिपप्रज्वलन गरि कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती घलेले दश वर्षको यूद्ध र संर्घष पछि घले जातिले आफ्नो पहिचान प्राप्त गरेको बताउनु भयो । माओवादीको दश वर्षिय जनयुद्ध र २०६२÷०६३ सालको जनआन्दोलनले घले जातिको पहिचान बहुपहिचानबादीहरुले पहिचान खोसिएको थियो । पहिचान खोसिएपछि २०६५ सालमा लिल फङ घले समाज गठन गरि निरन्तर आफ्नो पहिचान र अधिकारको लागि विभिन्न संर्घष गरि दश बर्ष पछि अल्पसंख्याबाट आफ्नो पहिचान खुलेको बताउनु भयो । आफ्नो भएको पहिचान लिदा यत्रो संर्घष गर्नु पर्छ भने अधिकारको लागि कति संर्घष गर्नु पर्ने हो अब घले जातिले बुज्नु पर्ने बेला आएको छ ।

त्यसैले विश्वमा छारिएर बसिएका घलेहरुलाई गोलबन्द गरि आफ्नो अधिकारको लागि अघि बढ्न आग्रह गर्नु भयो । घले जाति आफ्नो पहिचान अल्पसंख्याबाट खुलेपछि २०७४ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन गरेपछि समावेशी र प्रतिनिधित्वको रुपमा घले जातिलाई प्रत्यक्षतर्फबाट स्थानीय सरकारमा नआए पनि अल्पसंख्या जातिबाट मनोनियत गरिएको छ भनी बताउनु भयो ।

यो हाम्रो लागि ठुलो उपलब्धी हो यदी हामीले संर्घष नगरिएको भए यो सम्भव थिएन । यो तपाई हाम्रो एकताको बलबाट प्राप्त गरिएको अधिकार हो । त्यसैले सबै घले जाति एकता भएर अगाडी बढ्न आग्रह गर्नु भएको थियो । विषेश अथिती अन्तराष्ट्रिय सल्लाहकार चन्द्र घ्याल्दुङ घलेले पहिलो चारणको संर्घष सफल भएको छ अब अधिकारको लागि संर्घष गर्नु पर्ने छ सबै घले जातिलाई एकता भएर आफ्नो अधिकारको लागि संर्घष गर्न आग्रह गर्नु भयो । प्रथम अधिवेशनबाट सर्वसहमत निर्वाचित अध्यक्ष विरसिंह क्याल्दुङ घले, उपाध्यक्ष भिक्षा साप्री घले, महासचिव दुध बहादुर साप्री घले, महासचिव विष्णु कुमारी क्याल्दुङ घले, सह सचिव विनु साप्री घले, कोषाध्यक्ष श्री मगर क्याल्दुङ घले र सहकोषाध्यक्ष वृखराज क्याल्दुङ घलेलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तैगरि, सदस्यहरुमा पितम साँप्री घले, धनश्याम क्याल्दुङ घले, होमराजसाँप्री घले, यम बहादुर साँप्री घले, चीत्र बहादुर क्याल्दुङ घले, गोविन्द साँप्री घले, सुगम क्याल्दुङ घले, मिन बहादुर क्याल्दुङ घलेलाई चयन गरिएको छ । समितिको सल्लाहकार प्रमुख लामा गुरु कर्णु साँप्री घले, चाम बहादुर साँप्री घले, बुदमान क्याल्दुङ घले रहनु भएको छ । जिल्ला अधिवेशनमा, गोरखा, कास्की, चितवन, नुवाकोट लगायतका घलेहरु सहभागी रहेको थियो । सो अवसरमा घले समाज लमजुङले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष विर सिङ घ्याल्दुङ घलेको सभापतिमा भएको थियो भने संचालन महासचिब विष्णु कुमारी घ्याल्दुङ घलेले गर्नु भएको थियो ।