हेमा आले ‘बोगी’
कावासोती नवलपरासी
नेपाली कथानक चलचित्र रैंयाको छायांकन हुँदा देखि नै विभिन्न किसिमले चर्चामा आईरहेको थियो । चलचित्र प्रदर्शनीका लागि तयार भइसकेपछि पनि निर्माण पक्षबाट जातीय पहिरन, पहिचान र आत्मरक्षाको कवच भनि गरिएको प्रचार प्रसार, चलचित्र हेरिसकेका दर्शकहरुको प्रतिक्रिया आदीको कारण कावासोती र यस आसपासका हामी सबै मगरहरुलाई कावासोती बजारमा एक पटक रैंया लगाएरै हेर्ने धोेको थियो । देश विदेशका विभिन्न स्थानमा सफल प्रदर्शन गरिसकेको रैंयालाई हामीले भने कावासोतीमा भर्खरै मात्र लगाएर हेर्ने अवसर पायौं । प्रर्दशनको पहिलो दिन नै दुई सो चलेको हल भित्र खचाखच भएर हामी सबै मगरहरुले गर्वका साथ हेर्यौं । चलचित्र हेरेर नसकिन्जेल शायदै कोहि बाहिर निस्किए होलान् नत्र सबैले निकै तन्मयका साथ हेरेर रमाएका थिए । यहाँ एउटा दर्शकको आँखाबाट यसै चलचित्र रैंया हेरिसकेपछिको प्रतिक्रिया स्वरुप आफ्नो अनुभुतिलाई व्यक्त गर्ने कोशिस गरिएको छ ।
मेनोको फिल्मस् एण्ड मिडिया हाउसको प्रस्तुती हर्क ब। आले, तारा माया थापा र अंकित पुनको निर्माण अनि मेजन पुनको लेखन÷निर्देशनमा बनेको चलचित्र रैंयामा प्रिया थापा मगर, अशोक आले, दुर्गा ठाडा, अनिता राना, मिङ पुन लगायतको अभिनय राम्रो जमेको छ । मगर समाज, संस्कृति र परम्परामा आधारित रैंयामा जातिय भेषभुषा र गर गहनालाई अधिकतम प्रयोग गरिएको छ । त्यसो त चलचित्रको कथा नै मगर महिलाहरुको परम्परागत गहना – दुबै हातमा लगाउने काँडेदार बुट्टा भएको बाला ‘रैंया’ मै लेखिएको रहेछ । रैंया गहना मात्र नभएर मगर महिलाहरुको आत्मरक्षाको कवच पनि हो भन्ने कुरा चलचित्रको घटना र परिवेशले राम्ररी प्रष्ट्याएको छ । चलचित्र हेरिसकेपछि प्रत्येक महिलाहरुलाई आईपरेको खण्डमा आफ्नो आत्मरक्षाको लागि नायिकाले जस्तै प्रतिकारमा उत्रन साहस पक्कै दिनेछ । आफुलाई निरिह ठान्नु भन्दा परिस्थितीसँग जुध्नु नै पर्छ, साहसले नै संकटबाट बचाउँछ भन्ने बुझाउन चलचित्र एकदमै सफल देखिन्छ । अहिले समाज महिलाहरुको लागि असुरक्षित महसुस भईरहेको बेला त्यसमा पनि विशेष गरेर मगर महिलाहरु नै बढि हिंसामा परिरहेको अवस्थामा आफ्नै भाषा, परि
वेशमा बनेका यस किसिमको चलचित्रहरुले हिंसा न्युनिकरणमा ठुलो भुमिका खेल्न सक्दछ ।
एक जाती – बहु भाषा, संस्कार र संस्कृति भएका मगरहरुको शान कौह्रा र सालैजो नृत्यहरु पनि चलचित्रको मुख्य आकर्षण बनेको छ । मगर भाषामा गाईएको शिर्ष गित ‘रैंया बुमले‘’ अत्यन्तै रुचाईएको थियो । गितको शब्द, संगितले दर्शक मन्त्रमुग्ध बनेका थिए । पोखरा लगायत तनहुँको सुन्दर मगर गाउँ मिछुर्लुङका मनमोहक दृश्यहरुमा सबै कलाकारको अभिनय पनि स्वभाविक लागेको थियो । यद्यपी मगर भाषाका संवादहरु बोल्दा भने हामी दर्शकले सुन्दा कलाकारले अलिक अप्ठ्यारोसँग बोलेको जस्तो भान भईरहेको थियो कता कता । मगर भाषाका संवादहरु गाउँतिरै बोलिने जस्तो स्वभाविक अलिक लागेको थिएन । जस्तो कि, जिस्काउनु भन्ने अर्थमा मगर भाषा बोल्न जान्ने व्यक्तिले भर्खरै बोल्न सिक्दै गरेकोले जस्तो ‘जिस्कडिके’ नभनेर ‘खेहेके’ भन्छन् । एउटा गाउँको सामान्य मगर महिलाले शिक्षित व्यक्तिले जसरी ‘कुलाक आले छात्रवृत्ति डिन्के संपर्क जाट्के परीसा’ नभनेर बरु ‘कुलाक टि आले होट पह्रिस्के डुप्के रु’ भनेर आफ्नो अनभिज्ञता व्यक्त गर्छिन् भन्ने लागेको थियो । जेहोस् बाजे – बज्यैको पाला देखि नै आफ्नो मातृभाषा बोल्न छाडेकाले मगर भाषा नबुझ्नु हुने दर्शकहरुका लागि नेपाली भावानुवादले धेरै सजिलो बनाएको थियो । राम्ररी सुन्ने र हेर्नेलाई त मगर भाषाका धेरै शब्दहरु सिक्न मद्दत पु÷याएको हुनुपर्छ नेपाली सब टाईटलले ।
संवादकै कुरा गर्नुपर्दा चलचित्रमा खलनायकले धेरै समय हिन्दीमा बोलेको संवादले भने अलिक खल्लो गरायो । हुन त यो कथाले मागेको हुन सक्छ । पहिचान र पहुँचको कुरा उठिरहेको अवस्थामा चलचित्रमा यति धेरै हिन्दी संवादहरु राखिदा राष्ट्रियताको कुरा पनि उठ्न सक्छ । हुन त मुल धारकै चलचित्र, देशको प्रमुख संचार माध्यमहरुमा समेत हिन्दी कार्यक्रम, चलचित्रहरु प्रसारण भईरहेका छन् । त्यसैले यसलाई कमजोर पक्ष नै भन्न खोजिएको भने होईन । तर चलचित्रमा खलनायक कुनै ठुलो गिरोहसँग हिन्दीमा बोल्दै छ भन्ने देखाउने÷बुझाउने अन्य तरिका अपनाएको भए हुने जस्तो चाहिँ लागेको छ ।
त्यसैगरी मनमा अर्को कुरा पनि खड्किरहेको छ । चलचित्रमा श्रीमानको मृत्युपश्चात एक्ली आमाले नायिकालाई हुक्र्र्र्याएकी हुन्छिन् । यहाँ नायिकाको आमालाई कालो, खैरो रंगको पहिरनमा मात्र देखाइन्छ । कतै उनी एकल महिला हुन् भन्ने जनाउन यस किसिमको पहिरनमा देखाईएको त होईन रु तर मगर समाजमा बिहे पूर्व नै गुन्यू – चोली, मखमली पछ्यौरी, चुरा, माला माईतीले नै दिने हुनाले श्रीमानको मृत्युपश्चात श्रीमतीले आफ्नो सौन्दर्य र श्रृङगारलाई सादा पहिरनमा सिमित गर्नुपर्ने बाध्यता हुँदैन ।
चलचित्र हेरिसकेर बाहिर निस्के पछि रैंयालाई सबैले मन प÷यो, राम्रो छ भनेका थिए । किनकी चलचित्रमा चलन चल्ती अनुसार हाँसो, बिरह, द्धन्द, नृत्य सबै समावेश गरिएको छ । त्यसैगरी चलचित्र संयोगान्त भएकोले पनि दर्शक खिन्न नभएका होलान् । कथाको विषय, घटना, परिवेश सबैले रैंयालाई नारी प्रधान चलचित्र हो भन्ने साबित गरेको छ । मगर भाषा, संस्कृति र संस्कार आधुनिकताको नाममा अतिक्रमित हुँदै गर्दा हामी आफुलाई मगर त भन्छौं तर आफ्नै संस्कार संस्कृतिको बारेमा दिग्भ्रमित छौं धेरै जना । चलचित्र रैंयाले मगर महिलाहरुको सफा मन र अदम्य साहसलाई उजागर गर्न अत्यन्त भएको ठानेको छु । साथै मगर भाषा, संस्कृति र परम्परालाई पनि संरक्षण र संबद्र्धनमा जोड दिँदै मगर एकतालाई कायम राख्न सहयोग गरेको छ भन्ने लागेको छ । रैंयाको यो टिम अर्थात मेनोको फिल्मस् एण्ड मिडिया हाउसलले आगामि दिनहरुमा अझ राम्रा चलचित्रहरु दिँदै जानेछ भन्नेछ भन्ने आशा छ । मगर समाजभित्रका अन्य यस्ता थुप्रै विषय छन्, कथाहरु छन्, समस्याहरु छन् । हाम्रो गौरवपूर्ण ईतिहास छ । यस्ता विषयहरुमा पनि कथा लेखिनुपर्छ , गित लेखिनुपर्छ । अनी मगर चलचित्रकर्मिहरुले हाम्रा यिनै विषयलाई क्यामेरामा कैद गर्न सक्नुभएमा रैंया जस्तै अन्य आगामि चलचित्रलाई पनि अत्यधिक मन पराइने छ । चलचित्र सफल बन्नेछ ।
Leave a Reply