रेडियो बाराहीले सञ्चालन गरेको आहा रारा गोल्डकप विशेष कार्यक्रमका बम्पर पुरस्कारका विजेतालाई आइतबार पुरस्कृत गरिएको छ । घाचोक–२ का विष्णु पोखरेलले उक्त कार्यक्रममा भाग्यमानि श्रोताका रुपमा बम्पर पुरस्कार जितेका थिए । उनले नगद १० हजार प्राप्त गरे । रेडियो बाराही प्राङ्गणमा आयोजित विशेष कार्यक्रमका विच कार्यक्रमका प्रायोजक मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकाल, रेडियोका कार्यकारी निर्देशक रमेश पौडेल, स्टेनम म्यानेजर गोविन्द सुबेदी, खेलकुद कार्यक्रम संयोजक विनोद लामिछाने, मुक्तिनाथ विकास बैंकका कम्पनी सचिव दण्डपानी ढकाल लगायतले विजेता पोखरेललाई पुरस्कृत गरेका हुन् । पुरस्कार प्रदान गर्दै मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकालले रेडियो बाराहीको आग्रह तथा खेलकुद कार्यक्रमको प्रोत्साहनका लागि आफुले कार्यक्रमका लागि सहयोग गरेको बताए । साथै उनले आगामी दिनहरुमा रेडियाले सञ्चालन गर्ने रचनात्मक कार्यक्रमहरुमा सहयोग र सहकार्य गर्न तत्पर रहेको औल्याए । रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोले समयको माग अनुसार सान्दर्भिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । कार्यक्रम प्रस्तोता विनोद लामिछानेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रममा प्राप्त एसएमएसमध्ये ८ हजार ६ सय ६४ विजेता श्रोताबाट एकजना भाग्यमानि श्रोतालाई गोलाप्रथाद्वारा विजेता बनाइएको जानकारी दिए । कार्यक्रममा कूल १८ हजार एसएमएस भोट प्राप्त भएको पनि लामिछानेले बताए । पोखराका विभिन्न रेडियोहरुले आहा रारा विशेष कार्यक्रम सञ्चालन गरेका भएपनि रेडियो बाराहीकै कार्यक्रम उत्कृष्ट लागेकाले यहिंको कार्यक्रम सुनेको र बाराहीकै कार्यक्रममा सहभागिता जनाएको विजेता पोखरेलले बताए । रेडियोको कार्यक्रममा भाग लिएर पनि नगद १० हजार जित्दा आफुले केहि समय त विश्वासनै गर्न नसकेको उनले उल्लेख गरे । आज हातमा पैसा पर्दा पो साँच्चै जस्तो लाग्यो’ उनले भने । रेडियोका कार्यक्रम प्रस्तोता सन्तोषि सुनारले उक्त पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरेकि थिइन् । रेडियोले पुरस्कार वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालित आहा रारा गोल्डकपको रेडियोले कार्यक्रम अबधिभर विशेष कार्यक्रम सञ्चालन गरेको थियो ।
रेडियो बाराहीले सञ्चालन गरेका आहा रारा गोल्डकप विशेष बम्पर पुरस्कार
Today Pokhara
