रेडियो गण्डकीको दशौं बार्षिक उत्सव सम्पन्न

रेडियो गण्डकी ९०.२ मेगाहर्ज पोखराले आफ्नो १०औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा आज विहिबार आफ्नै सभाहलमा आयोजना गरेको प्रविधि र रेडियो विषयक अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले मात्रै नभएर अबको १० बर्ष सम्म पनि सञ्चारको पहुँचको हिसावले प्रभावकारी रेडियो नै हुने बताएका छन् । रेडियो सर्वसुलभ भएको र जुनसुक्कै ठाँउमा पनि सुन्न मिल्ने भएकोले रेडियोको महत्व नघटने उनिहरुको भनाई थियो । रेडियो र रेडियोकर्मीले विषय बस्तु र प्रस्तुतिकरणमा भने सुधार गर्नुपर्ने आबश्यकता औलाइएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि पुर्व स्थानीय विकास मन्त्री एवं नेकपा माओबादी केन्द्रका प्रदेशनं ४का इन्चार्ज देव प्रसाद गुरुङले अहिले प्राप्त उपलब्धीको रक्ष ागर्नेकाम सञ्चार माध्यमको भएको बताउदै गुरुङले रेडियो गण्डकीले स्थापना देखि अहिले सम्म आवाज विहिनहरुको आजव बुलन्द गराउने काम गरेको बताउनु भयो । उहाँले अहिले देशमा राष्ट्रिय सहमती नभएको बताउदै सहमती ,सहकार्य र समझदारी बाट अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले राष्ट्रिय सहमती जुटाउन पनि मिडिया अगाडी बढ्नु पर्ने धारणा राखे ।
नेपाली काग्रेस कास्कीका सभापति कृष्ण के.सीले सामाजिक सचेतनाको लागि रेडियोको भुमिका महत्वपुर्ण हुने बताउदै आफु रेडियो सुन्दै सुत्ने र रेडियो सुन्नै विहान उठने गरेको बताउनु भयो । उहाँले प्रदेश नं ४को अझै लोक प्रिय रेडियो बन्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो । नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोइरालाले रेडियोको महत्व बढेर गएको बताउदै गाँउ गाँउमा मात्रै नभएर शहरमा पनि रेडियोनै भरपर्दो सुचनाको माध्याम भएको बताउनु भयो ।पुर्व सभासद दुर्गा कुमारी विकले रेडियो गण्डकीले स्थापना देखिनै महिला बालबालिका,दलितहरुको हक हितमा आवाज उठाउदै आएको बताउदै त्यसै लाई निरन्तरता दिन आग्रह गर्नुभयो । पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रविधि र रेडियो एक अर्कोको प्रतिस्पर्धी नभएर परिपुरक भएको बताउनु भयो ।
लोकल लाई प्रविधिले गोलोब्लाइजेसन गर्न सघाएको बताउदै सरकारले सञ्चार कर्मीको क्षमता अभिवृद्धि गर्ने भन्दा पनि लाइसेन्स बाढ्ने काम गरेको बताए ।सामाजिक साइटहरुमा अझै पनि विश्वसयिता नभएको बताउदै उहाँले सही र गलत छुट्टाउन क्रस चेकको रुपमा रेडियो सुन्ने गरेको बताउनु भयो ।पोखरा पर्यटन परिषदका महासचिव रामु गौतमले देशका कुना कुना सम्म सजिल्यै सुचना प्रवाह गर्न सक्ने माध्याम रेडियो भएको बताउदै पर्यटन क्षेत्रमा रेडियो गण्डकीले पु¥याएको योगदानको खुलेर प्रसंसा गरे ।
बानका केन्द्रीय सचिव दुर्गा अधिकारीले रेडियोले भुकम्प आएको बेला खेलेको भुमिका बाटै रेडियोको महत्व थाहा हुने बताउनु भयो । रेडियोमा अन्तबार्ता सुनेकै आधारमा कतिले आफ्नो जिवन स्तर उकासेको उहाँको भनाई थियो ।लायन्स क्लब अन्तराष्ट्रिय ३ सय २५ वि वानका रिजन चेयर पर्सन लायन सुदिप राज ढुङगानाले मिडियाले सामाजि संघसस्थाले गरेको काम लाई उचित स्थान दिने गरेको बताउनु भयो । गण्डकी टेलिभिजनका निवर्तमान स्टेशन म्यानेजर समेत रहनु भएका गण्डकी सञ्चार गृहका कार्यक्रम प्रमुख अपिल त्रिपाठीले रेडियो र प्रविधि विषयक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । त्रिपाठीले रेडियोले विषय र प्रस्तुतिकरणमा विषेश ख्याल गर्नुपर्ने बताउनु भयो । गरिव देखि धनि सम्म र अविकसित देखि विकसित राष्ट्र सम्म रेडियाकोे महत्व रहेको बताउदै रेडियो लाई प्रविधि संग जोडदै कनटेन्टमा पनि विशेष जोड दिनु पर्ने बताए।
रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले प्रविधि बाधक नभएर रेडियोको लागि साधक भएको बताउनु भयो । उहाँले अहिले चाहेर होस् या नचाहेर प्रविधि र रेडियो एकै ठाँउमा रहेको बताउनु भयो । प्रविधिले रेडियो सञ्चालनमा सहज भएको उहाँको भनाई थियो । रेडियोका बोर्ड सदस्य नबराज अधिकारीले बार्षिक उत्सवको अबसरमा रेडियो र प्रविधि विषयक अन्तरकृयाले रेडियोको महत्व बारे स्पष्ट हुन सहजीकरणको भुमिका खेलेको बताउनुभयो । सामुदायिक सञ्चार केन्द्र कास्की एवं रेडियो गण्डकीका अध्यक्ष अग्नी प्रसाद कंडेलले रेडियो लाई ब्यबस्थीत बनाउने कुरामा आफुहरु तल्लीन रहेको बताउदै आगामि दिनमा अझै ब्यबस्थीत बनउने बताउनु भयो । संञ्चार माध्यममा कामगर्ने सञ्चारकर्मीले आर्थिक पार्जजनको लागि अर्को क्षेत्रतर्फ सोच्न नपर्ने गरि काम गर्न आफुहरु तयार रहेको उहाँको भनाई थियो । उहाले राज्यले लोककल्याणकारी विज्ञापनमा पनि पत्रपत्रिका सरह एफ एम रेडियो लाई सुविधा दिनुपर्ने माग गरेका थिए।