रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आज आफ्नो १६ औँ वार्षिकोत्सव रेडियोकर्मीका माझ मनाएको छ ।२०५८ साल वैशाख १२ गते देखि पोखराबाट सञ्चालन हुदैँ आएको रेडियोको १६ औँ वार्षिकोत्सवको संस्थापक अध्यक्ष एंव पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले केक काटेर उद्घाटन गर्नुभयो ।रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष पालिखेले आवाज विहिनहरुको आवाज बन्न रेडियो सफल भएको बताउनुभयो । संघीयता संगसँगै सञ्चारमाध्यमहरुमा पनि चुनौति थपिएको बताउँदै रेडियोलाई थप परिस्कृत गरि, अगाडी बढाइने दाबी गर्नुभयो ।
रेडियोका प्रबन्ध निर्देशक सुनायना पालिखेले टिमवर्ककै कारण रेडियो यहाँसम्म आइपुगेको बताउँदै, आगामी दिनमा पनि रेडियोलाई थप उचाईमा पु¥याउन सहकार्य आवश्यक रहेको बताउनुयभो ।रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले रेडियोको सफलतासँग त्यसमा आवद्ध कर्मचारीको पनि सफलता गाँसिने बताउँदै, निष्पक्ष र तटस्थ रुपमा आफुहरु अघि बढेको बताउनुभयो ।कार्यक्रममा रेडियोका विभागीय प्रमुख एंव कर्मचारीले शुभकामना मन्तव्य राख्दै, रेडियोलाई अझ बढी शसक्त बनाउने प्रतिवद्धता जनाएका थिए ।
सोही अवसरमा रेडियोले प्रत्येक वर्ष प्रदान गर्दै आएको, वर्षको सर्वोत्कृष्ट अन्नपूर्णकर्मी अवार्डबाट यस वर्ष कार्यालय सहयोगी इन्द्रा राना सम्मानित हुनुभएको छ । रानालाई कार्यक्रमका प्रमुख अतिथि विश्वशंकर पालिखे, प्रबन्ध निर्देशक सुनयना पालिखे र प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले नगद दश हजार सहित, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।वार्षिकोत्सवकै अवसरमा २०५८ सालदेखि हालसम्मका वेष्ट इम्प्लोयी अफ दि इयरबाट सम्मानितहरुको फोटो सहितको फ्रेम राखिएको छ ।कार्यक्रममा रेडियोकर्मीहरुले शुभकामना सहित आ—आफ्ना प्रतिभा प्रस्तुत समेत गरेका थिए ।
Leave a Reply