पोखरा लेखनाथ महानगरपालिका वडानं ३०मा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सचेतना समाज कास्कीको आयोजनामा दलित एवं विपन्न महिलाहरुको लागि आयोजित दुई दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । पोखरा लेखनाथ महानगरपालिका वडानं ३०को आर्थिक सहयोगमा भएको तालिममा ५० जना महिलाहरुको सहभागीता रहेको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वडानं ३०का वडा अध्यक्ष श्रीराम पोखरेलले तालिमले ब्यक्ति बाट ब्यक्तित्व बनाउन भुमिका खेल्ने भन्दै सहभागीहरुको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । वडा सदस्य शारदा बास्तोलाले लक्षीत समुदायको बजेट सहि ठाउँमा प्रयोग भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिम लाई निरन्तरता दिने बताए ।
रेडियो गण्डकीका स्टेशन म्यानेजर समेत रहनु भएका तालिमका प्रशिक्षक घनश्याम पाण्डेयले तालिम सफल हुनुमा सहभागीहरुकै सक्रियता महत्वपुर्ण भएको बताए । पाण्डेयले सहभागीहरुको भित्र रहेको प्रतिभा लाई तालिमको माध्यम बाट बाहिर ल्याउने काम गरेको बताए । पाण्डेय आफुले भने जति गर्न नसके पनि सके जति गर्न सहभागीहरु लाई आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य रमा नेपाली ,सहभागी पवित्रा नेपाली लगायतले बोलेका थिए । सहभागीहरुले तालिमले आफुहरु लाई सिक्ने भोक जगाएको बताएका थिए ।सचेतना समाज कास्कीका अध्यक्ष लक्ष्मी ढकालले आफुहरुले महानगर र वडा संकगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको बताए । कार्यक्रमको सञ्चालन सचेतना समाजका सचिव मिना सुवेदीले गरेकी थिइन् ।
Leave a Reply