रुपाकोटमा जम्दै २१ वर्षे अल्लारे

भीमसेन घिमिरे, पोखराimg_2185

कास्कीको पर्यटकीय गाँउ रुपाकोटमा २१ वर्षे अल्लारे रमेश गुरुङ्ग र कुमार गुरुङ्गले हाम्रो रुपाकोट हिलटप रेष्टुरेण्ट एण्ड बार संचालनमा ल्याएका छन् ।

वैदेशिक रोजगारीमा जान ठिक्क परेका गुरुङ्गले विदेशको मोह त्यागी नेपालमै केही गर्ने उद्देश्यले संयूक्त लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएको बताएका छन् ।

‘विदेश जाने अत्यन्तै मोह थियो दलालले हेरेको हेर्यै बनायो’उनको भने । त्यही भएर यही केही गर्यौ भन्ने लागेर रेष्टुरेण्ट संचालनमा ल्याएको उनले बताए ।img_1505

अर्का संचालक कुमार गुरुङ्ग १० वर्ष वैदेशिक रोजगारीको सिलशिलामा दुवइ बसेर आएका हुन् ।

जहाँ गए पनि मिहेनत नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै अव यही डाँडामा आफूले भविष्य देखेको बताए ।

img_2191उनको रेष्ुटुरेण्टमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको ताँती नै देखिन्छ । उक्त रेष्टुरेण्टबाट बेगनास ताल, रुपाताल, पोखराको

फेवाताल तथा लेखनाथका सुन्दर प्राकृतिक दृष्य एकैसाथ अवलोकन संगै सुपथ मूल्यमा लोकल कुखुराको मासु, माछा, गन्द्रुक, ढिडो साथै स्थानिय परिकारको मज्जा लिन सकिन्छ ।

img_1990पोखराबाट करिब ४५ मिनेटको दु रीमा रहेको यो ठाँउ प्राकृतिक सुन्दरताको आकर्षणको केन्द्र पनि हो ।

 

 

 

 

img_1588 img_1948

img_1505

 

img_2143

img_2014