राधा पुनको लोकगीत ‘आफ्नै भन्नेले

टुडे पोखरा संवाददाता
0Shares

गायिका राधान पुनको लोकगीत ‘आफ्नै भन्नेले…’ को म्यूजिक भिडियो बजारमा आएको छ । टाइगर्स  फिल्मसले निर्माण गरेको भिडियोमा मोडल छवि घर्तीमगर र ऋतु थापामगरले अभिनय गरेका छन् । भिडियोमा कृष्ण काउछा, सरस्वती काउछा लगायतले अभिनयमा साथ दिएका छन् । गोविन्द पुनको शब्द रहेको गीतको भिडियोलाई दानबहादुर श्रीसले छायाङ्कन र सम्पादन गरेका छन् ।


स्याङ्जाको साल्मेडाँडा वरिपरी छायाङ्कन गरिएको गीतको लय निर्माण नविन रानाले गरेका हुन् । भिडियो निर्माण गरिएको गीतको एरेञ्ज बिनोद बाजुराली र भिडियोको कलरिङ मिलन गुरुङले गरेका छन् ।
गितको भिडियो यो लिंकमा छ ।