नेपाल मगर विद्यार्थी संघ कास्कीले शनिबार आयोजना गरेको रमाइलो वनभोज तथा भेटघाट कार्यक्रममा २०७४ सालको तिहारमा खेलिएको देउसी भैलोका कलाकारलाई सम्मान ग¥यो । कार्यक्रममा देउसी भैलोमा नाचगान गर्ने कलाकारहरूसँगै दान गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरियो । सो अवसरमा नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज दीपा थापामगरले कलाकार र सहयोगदाताहरूलाई सम्मान गर्नुभएको हो ।
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती कास्कीले आयोजना गरेको रमाईलो वनभोज तथा भेटघाट कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले यस्तो मन्तब्य ब्यक्त गरेका हुन ।उक्त अवसरमा प्रमुख आथित्यता ग्रहण गरेकी नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य तथा तमुवान ईन्चार्ज दीपा थापा मगरले अवको मगर समुदाय चेतनशील र विबेकशील हुन आवश्यक छ भन्दै मगर विद्यार्थी सरकारी संघसंस्थाका विभिन्न तहतप्काका तहमा प्रतिस्पर्थामा आफुलाई हाक्न सक्ने सामथ्र्यवान बन्न पुर्नेमा जोड दिएकी थिईन ।
साथै उनले विद्यार्थी आफैमा भविश्यका कर्णधार भएका कारण मगर अस्तित्वको अधिकारका लागी सधै एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताईन् । मन्तब्यकै क्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम रोका मगरले राज्यले नै विभेद गरेको विगतका मगर समुदायको आर्थिक ,भौतिक ,नैतिक तथा राजनैतिक पहुजलाई सम्भावनायुक्त उदाउदो मगर विद्यार्थीले अवको ५ वर्षमा राज्यका हरेक निकायमा ५० प्रतिशत पहुज बढाउनु पर्ने बताए । उनले आउदो प्रदेश सभा निर्वाचनमा जुन पार्टीमा आवद्ध भएपनि मगर समुदायको माग सम्वोधन गर्ने ब्यक्तिालाई जिताउनुपर्नेमा जोड दिए ।
त्यस्तै मगर पत्रकार संघका केन्द्रिय सचिव मनोज घर्तीमगरले मगर विद्यार्थी संघले आयोजन गर्ने यस्ता खालका कार्यक्रमले एक आपसको सम्बन्धलाई थप मजबुत बनाएर एकआपसमा भाईचारा, सहकार्य, सहयोग र छलफल गर्नमा थप हौशला पुग्ने भन्दै आगामी दिनमा सशक्त भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रेम रोकामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष ऋतु आलेमगर, गोरखाकी अध्यक्ष सुस्मिता पुलामीमगर, लोक तथा दोहोरी गायक एवं पत्रकार छवि घर्तीमगर, नेपाल मगर लेखक संघ कास्कीकी सचिव एवं सञ्चारकर्मी कविता घर्तीमगर, सञ्चारकर्मी गोविन्द सिंजालीमगर, सञ्चारकर्मी एवं मगर चलचित्रकी नायिका प्रिया थापामगर (कमला), नेपाल मगर युवा संघ कास्कीका अध्यक्ष एवं मगर चलचित्रका नायक अशोक आलेमगरलगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम बुढामगर र उपाध्यक्ष तुलसी पुनमगरले स्वागत गर्नुभएको थियो ।
Leave a Reply