यूके मगर संघ भवनमा ‘रैंयाँ’ प्रदर्शन

मनोज घर्तीमगर-नारीप्रधान मगर कथानक नेपाली फिल्म ‘रैयाँ’ यूकेको मगर संघ भवनमा प्रर्दशन भएको छ । मगर समुदायमा छोरीलाई आठदेखि दस वर्षभित्र आमाले गुन्यूचोली, रैयाँ (बाला) र घलेक दिनैपर्ने सँस्कार छ । यही विषयलाई केन्द्रमा पारी बनाइएको फिल्ममा अशोक आलेमगर र प्रिया मगर मुख्य भूमिकामा देखिएका छन् । शनिबार युकेमा प्रर्दशन भएको फिल्म हेर्न मगर संघका सक्रिय व्यक्तिहरुको उल्लेख्य सहभागीता थियो । रैंयाँ हेरिसकेपछि फिल्म उत्कृष्ट भएको धेरैको प्रतिक्रिया थियो ।
Image may contain: 2 people, people standingफिल्म हेरिसकेपछि मगर संघ, युकेको अध्यक्ष नेम थापा मगरले फिल्मले भाषा सिकाउने काम पनि गर्दछ भन्ने कुरा फिल्म हेर्न गर्ने क्रममा शब्द शब्दमा छलफल हु“दा महसुस गरेको सुनाए ।
नेपाल मगर संघ,केन्दीय सदस्य, युरोप/अमेरिका संयोजक शान्ति थापा कु“वर मगरले रैंया“ फिल्मले सहि विषयवस्तु उठान गरेको बताइन् । मगर महिला सोसाइटी युकेका अध्यक्ष छविमाया पुन मगरले रैंया“लाई शब्दकोषमा जुन अर्थ लगाएको छ त्यो नभएको बताइन् । ‘वास्तवमा हाम्रो कुराहरुको गलत अर्थ लगाइएको छ । हामीले नै हाम्रा राम्रा कुराहरु संरक्षण गर्ने हो । रैंया“को प्रयास राम्रो छ’ उनले भनिन् ।
Image may contain: 2 people, people standingमगर संघ, काठमाडौं जिल्ला भुपु अध्यक्ष तथा मगर संघ बेलायतको सल्लाहकार क्या. हरिबहादुर थापा मगरले रैंया“कै कारणले गर्दा गुल्मीमा हत्या भएकोे स्मरण गरे । ‘म र लेखबहादुर थापा मगरले मगर भवन युकेमा मगर भाषा प्रशिक्षण गराउ“दछौं । रैंया“ फिल्म मैले गाउ“मै पुगेर हेरिरहेको छु जस्तो भयो’ उनले भने ।
मगर महिला संघका संस्थापक गोमा रानामगर रैंया“ले दिन खोजेको म्यासेज एकदम सराहनीय भएको प्रतिक्रिया दिइन् । ‘मगर भाषा, संस्कार, संस्कृतिमा बनेको यो फिल्म यूकेमा हेर्ने मौका’ उनले भनिन्,‘अझ प्रगतिको कामना रैंया“ टिमलाई ।’
Image may contain: 2 people, people smiling, people standingपोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मले मगर महिलाको परम्परागत गहनालाई ‘रैंया’ लाई जीवन्तता दिने प्रयास गरिएको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैंया) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन पुनमगरले बताए ।
नेपालका ८ जिल्लामा ५१ औं पटक र अमेरिका, हङकङमा प्रदर्शन भइसकेको यो फिल्म मगर र नेपाली भाषामा छ । मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्मको निर्माता तारामाया मगर, अंकित पुनमगर र हर्क आलेमगर हुन भने डकुमेन्ट्री मेकर भिमबहादुर रानाको सहनिर्देशन छ ।