मनोज घर्तीमगर
पोखरा २४ असार । रोटरी क्लव अफ पोखरा मिड टाउनले युवा उद्यमी छ्याम थापामगरलाई भोकेसनल अवार्ड प्रदान गरेको छ । मिड टाउनले आफ्नो १६ औ पदस्थापना कार्यक्रमको अवसर पारी थापालाई अवार्ड प्रदान गरेको हो ।
नेपालकै एकमात्र ठूलो बंगुर पालन पोखरा लाइभस्टक प्रालिका संचालक थापालाई उद्यमशिलताको माध्यामबाट अन्य कृषकहरुलाई समेत पशुपालन तर्फ उन्मुख गराउन सफल भएको भन्दै अवार्ड प्रदान गरिएको हो । पोखरामा सम्पन्न कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर इलेक्ट चिन्तामणी भट्टराई, पूर्व सांसद तथा उद्योगपति सूर्य बहादुर केसीले थापालाई अवार्ड प्रदान गरेका थिए ।
सो अवसरमा वोल्दै थापाले अहिले सम्मकै उत्कृष्ट अवार्ड हात पार्न सफल भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै नेपालमानै आफ्नो सीपलाई सदुपयोग गर्न सकेको खण्डमा उद्यमी बन्न समय नलाग्ने वताए ।
थापा यसअघि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ र नेपाल सरकारले प्रदान गर्ने जनसेवा श्री पदक २०७३ बाट समेत सम्मानीत भइसकेका छन ।
सो कार्यक्रममा रोटरी क्लव २०१६÷१७ अध्यक्ष महेन्द्र गोदार, निवर्तमान अध्यक्ष हेमराज बराल, प्रेसिडेन्ट इलेक्ट सन्तोष पोख्रेल, भाइस प्रेसिडेन्ट दिलिप शर्मा, अर्का भाइस प्रेसिडेन्ट जयमोहन भट्टराइ, सेक्रेटरी सरस्वती गुरुङ, कोषाध्यक्ष कुलशोभा गुरुङ, जोइन्ट सेक्रेटरी संगीता तिमिल्सिना, डाइरेक्टरहरु श्रीमान गुरुङ, विश्वराज बास्तोला, पुरन कंवर, मुना बास्तोला र सूर्य नारायण बरालले पदस्थापन गरे ।
Leave a Reply