युकेका क्वोने कुलपत्रहरुलाई पोखरामा स्वागत

टुडे पोखरा संवाददाता
0Shares

क्वोने(घोताने/घोण्डे) तमु समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति प्रदेश नं. ४ पोखराले शुक्रवार युकेबाट नेपाल आउनु भएका क्वोने कुलपुत्रहरुलाई स्वागत गरेको छ ।

पोखरामा आयोजित कार्यक्रममा क्वोने(घोताने/घोण्डे) तमु समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति प्रदेश नं. ४ का अध्यक्ष गोपालमान गुरुङले तमु धिं युकेका अध्यक्ष ज्ञाम क्वोने गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद क्वोने गुरुङ, क्वोने(घोताने÷घोण्डे) तमु समाज युकेका अध्यक्ष नरजंग क्वोने गुरुङलाइृ खादा लगाउदै स्वागत सम्मान गरेको हो ।

कार्यक्रममा क्वोने(घोताने÷घोण्डे)को बंशावली लेखनको बारेमा समितिका अध्यक्ष सिवी क्वोने गुरुङले वंशावली लेखन आवाश्यकता, लेखन कार्यको जानकारीसहित मन्तव्य राख्दै तमु जातिको साँचो इतिहास लेखनमा बंशावली लेखनले सघाउने बताए । उनले पछिल्लोक्रममा बनावटी इतिहासहरु बनाउन थालेकाले सबै सचेत हुनपर्ने र यथार्थताको विबरण बंशावलीले प्रस्तुत गर्ने भएकाले इतिहास तोडमोड नगर्न आग्रह गरे ।

बंशावली लेखन समितिका सचिव रामबहादुर गुरुङले बंशावली लेखनमा तमु जातिको इतिहास अध्ययनको यथार्थता प्रस्तुत गर्नुृहुदै क्होला सोंथर भन्दा धेरै पुरानो इतिहासहरु उत्खनन भइसकेको बताए । च—न ह्युलको इतिहास, ठिनी क्याल्सा र क्होला सोथरको अध्ययनबारे पुरातत्वको प्रतिवेदन आइसकेकाले तमु जातिको सभ्यताको विकासलाई क्रमिक रुपमा बुझ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम क्वोने गुरुङले शुभकामना एवं धन्यवाद व्यक्त गर्नुहुदै तमु जातिको इतिहास अब भोजराज, शेखरनाथले नभइृ तमुहरुकै हातहरुले लेख्ने बताए । बंशावली लेखनको तयारी इतिहासकै पाटो हो भन्नुहुदै राम्रो काममा आफुहरुको सधै साथ रहने बताए । सगरमाथा भन्दा गाह्रो क्होला सोंथरको अध्ययन भ्रमण सरकारको ध्यान आकृष्ट गर्न तमु धिं युकेले आयोजना गरेको उनको भनाई थियो ।

क्वोने घोताने घोण्डे तमु समाज युकेका अध्यक्ष नरजंग क्वोने गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै क्वोनेहरुले हरेक ठाँउमा नेतृत्व लिइरहेको र युकेमा क्वोनेहरुलाइृ संगठित गर्ने अभियानमा जुटेको बताए । उनले क्वोने घोताने घोण्डे तमु समाज युकेको विधान हस्तान्तरण गरेपछि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै कास्की आवाजका सम्पादक हुमबहादुर कवोने गुरुङ र ह्वाइट लोटस स्टुडियोका संचालन युग क्वोने गुरुङ१५/१५ हजार रुपैयाले पुरस्कृत गरे ।