छवि मगर
पोखरा, २३ भदौ । म्याग्दी बेगखोला गाविस अन्तर्गत बेगखोलामा भदौ १६ गतो आएको पहिरोबाट पीडितलाई सहयोग गरिएको छ ।
गाउँमा आएको विपतका बेला बेगखोला गाविसबाट विभिन्न ठाउँमा बसोबास गरिरहेका व्यक्तिहरुले सहयोग गर्न सुरु गरेका छन् ।
पोखरा आएर बसोबास गरिरहेका बेगखोलेहरुको साझा संस्था बेगखोला कल्याणकारी समाज पोखराले कोषबाट रु. ५० हजार र बेगखोलेहरुको घरघरबाट व्यक्तिगत आर्थिक संकलन गरि जम्मा भएको १ लाख ३८ हजार सहयोग गरिएको छ ।
यस्तै बेगखोला कल्याणकारी समाज उपशाखा युकेले दुई लाख आर्थिक सहयोग गाउँमा पठाएको उपशाखा युकेका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।
फगामीका अनुसार भदौ २१ गते म्याग्दी, बेगखोला पुगेर ३ लाख ८८ हजार आर्थिक हस्तान्तरण गरिएको छ भने पोखरा लेकसाईडमा स्तुपा होटल संचालन गरिरहेकी बेग गाउँकी राजकुमारी गर्बुजाबाट प्रत्येकलाई पुग्ने गरि २२ डन्लप, १५ बलेन्केट र १५ सिरानी हस्तान्तण गरेकी छिन् ।
उक्त बाढीले ११ घर पूर्ण क्षति र ४ घर आंशिक क्षति भएका थिए भने एक जना मानिस बेपत्ता भएका छन् ।
यस्तै लायन्स क्लब अफ पोखराले जस्ता पाता हस्तान्तरण गर्ने गरि बेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष ओम पुर्जा, कल्याणकारी समाजको आमा समुहका अध्यक्ष, पदाधिकारी लगायतका व्यक्तिहरु बेगखोला पुगेर आर्थिक लगायत जिन्सी हस्तान्तरण गरिएको छ । त्यहाँ सरसामाग्रीहरु हस्तान्तरण गर्न सजिलोको लागि चित्रबहादुर पुनको संयोजकत्वमा एक समिति निर्माण गरिएको छ ।
Leave a Reply