मौलिक तिज गीत ‘मनको धनि’ सार्वजनिक कला संस्कृतिनै हाम्रो पहिचान ः अर्थमन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हाम्रो पहिचान भनेकै प्रदेशको कला संस्कृति रहेको बताए

मंगलबार पोखराको सृजनाचोक स्थित साईमन पार्टी प्यालेसमा आयोजित लोकदोहोरी गायक सुरेन्द्र गुरुङ र गायिका शर्मिला गुरुङको मौलिक तिज गीत ‘मनको धनि’ सार्वजनिकिकरण कार्यक्रममा मन्त्री गुरुङले यस्तो भनेका हुन् ।

मन्त्री गुरुङले गण्डकी प्रदेशको संस्कृतिलाई रक्षा गर्नु हामी सबैको दायित्व रहेको औंल्याए । यहाँ रहेका हरेक जातजातीका भिन्न संस्कृति होलान त्यसको सुरक्षा गर्नु हाम्रो आवश्यत्ता रहेको मन्त्री गुरुङले बताए । पहिचाननै गुमायौ भने अस्तित्व नरहने उनले भने । गण्डकी प्रदेश एक साझा पहिचान हो । अझ भनौ यहाँ गुण्जने सालैजो भाका, ठाडो भाका लगायतको लोकशैलीले यहाँको पहिचानलाई प्रष्ट सँग बुझाउछ । यस्ता हाम्रा पहिचानलाई जोगाई राख्न जातिय विवेधमा नगई सबै एक हुनुपर्ने, उनको भनाई थियो ।

प्रदेश सरकारले प्रदेशको प्रज्ञा प्रतिष्ठान निर्माण गर्ने तयारी गरिरहेको पनि मन्त्री गुरुङले बताए । यसका लागि लबिङ भईरहेको उनको भनाई थियो । मौलिक तिज भाका ,वास्तविक तिज भाका हराउदै गएकाले यस्को सुरक्षा र व्यावस्थापन पनि कलाकार स्वयम बाट हुनुपर्ने मन्त्री गुरुङको धारणा थियो । कलाकारले गायर मात्र हुदैन अब हाम्रा भाका संस्कृतिको रक्षा गर्न पुष्ताहस्तान्तरण पनि गर्नुपर्ने आवश्यकत्ता रहेको , उनले भने ।

 

 

कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापा, राजीव पाहारी, जिल्ला प्रशासन कार्यलय कास्कीका प्रशाशकिय अधिकृत अनिल शाही, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापती पराजुली, प्राध्यापक डा. दिल बहादुर क्षेत्री, जिल्ला समन्वय समिती कास्कीका प्रमुख बैन बहादुर क्षेत्री, नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले मन्तव्य दिएका थिए ।

 

ओम फाउण्डेसन नेपाल पोखरा कास्कीले आयोजना गरेको उक्त म्युजिक भिडियो सार्वजनिकिकरण कार्यक्रममा गीतका सर्जक द्वय सुरेन्द्र गुरुङ र शर्मिला गुरुङलाई सम्मान गरिएको थियो । सम्मान पछि बोल्दै सुरेन्द्र गुरुङले आफ्नो तिज गीत मौलिक रहेको प्रष्ट पारे । यसमा बरिलै लगायत तिजका ठेट शब्दहरुलाई पनि समावेष गरेका छौ, उनले भने । गीतमा पहिलो पटक सुरेन्द्र गुरुङ र शर्मिला गुरुङ एकैसाथ अभिनय गरिरहेको पनि देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक प्राली बाट बजारमा आएको हो ।

फाउण्डेसनकी अध्यक्ष दिलु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेसनकी बोर्ड सदस्य उर्मिला खडकाले गरेकी थिईन ।