मेनोको फिल्मस्ले ‘रैंयाँ’ चलचित्रका कलाकार र प्राविधिकलाई सम्मान गर्ने

टुडे पोखरा संवाददाता
0Shares

मेनोको फिल्मस् एण्ड मिडिया हाउसले मगर कथानक चलचित्र ‘रैंयाँ’का कलाकार एवं प्राविधिकहरूलाई सम्मान गर्ने भएको छ । आगामी असोज ७ गते आयोजना गरिने एक कार्यक्रमकाबीच सो चलचित्रका कलाकार एवं प्राविधिकहरू सम्मान गर्न लागिएको चलचित्रका निर्माता हर्क आलेमगरले जानकारी दिए । निर्माता आलेमगरका अनुसार सो अवसरमा नायक अशोक आलेमगर, नायिका प्रिया थापामगर, अन्य कलाकारहरू मीन पुर्जा, सुमन थापामगरसहितका कलाकार एवं प्राविधिकहरू सम्मानित हुनेछन् ।


साथै, सो कार्यक्रमका लागि घनबहादुर थापामगर (बेलायत) ५ हजार, पुष्पा पुन (बेलायत) ६ हजार ५ सय, दीपक मगर (बेलायत) ५ हजार, योगकुमार फगामी (बेलायत) १० हजार, रुपबहादुर खोर्जा (नेपाल) ५ हजार, प्रभानन्द चौधरी (नेपाल) ५ हजार, संयुक्त मिट सप एण्ड फ्रेस हाउस ५ हजार, भवि पुन ५ हजार र कल्पना पुन (हङकङ)बाट ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको सो चलचित्रका निर्देेशक मेजन पुनले जानकारी दिए । कार्यक्रमको मिडिया संयोजक टुडे पोखरा डटका सम्पादक मनोज घर्तिमगर र लाङ्गाली मासिक पत्रिकाकी सम्पादक मिना थापा मगरले गर्नेछन् ।