मुस्ताङको सुन्दरतालाई वर्णन गर्दै तयार पारिएको ‘हाम्रो मुस्ताङ’ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
पर्यटनको आकर्षकको केन्द्र मुस्ताङ प्राकृतिक रुपले मात्र होइन धार्मिक पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ भन्ने सन्देश बोकेको भिडियो गीत ‘हाम्रो मुस्ताङ’ हालै विमोचन गरिएको हो ।
गायिका टीका प्रसाईंको स्वर रहेको गीतको भिडियोमा सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको छ । भिडियोका परिकल्पनाकार बादल थकाली हुन् । पर्यटकीय दृष्टिकोणबाट विश्वकै सुन्दर ठाउँ मुस्ताङको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचार गर्ने उदेश्यले उक्त म्युजिक भिडियो तयार एल्बमका परिकल्पनाकार बादल थकालीले बताए ।
गीतकार बिपिन किरणले शब्दमार्फत मुस्ताङको सेरोफेरोमात्र समेटेका छैनन, गीतैमार्फत कोरला नाका खोल्न आग्रह समेत गरिएको छ ।
मुस्ताङको प्रचार–प्रसार गर्ने उद्देश्यले तयार पारिएको उक्त गीति एल्बममा सात वटा गीत समावेश छन् । एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङले स्वर भरेका छन् ।
एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ । एल्बमका गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको छ ।
Leave a Reply