मिस सुनारको ताज अखिलालाई

टुडे पोखरा संवाददाता
0Shares

सुनार समुदायको युवतीहरुलाई लक्षित गरि आयोजना गरेको ‘मिस सुनार नेपाल २०१७’ को उपाधि अखिला सुनारले जितेकी छिन् ।

उनले १० तोलाको चाँदीको उपाधी क्राउनसँगै पचास हजार रुपैयाँ र अन्य गीफ्टहरु पुरस्कार पाइन् । उपाधीका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो ।

१५ प्रतिस्पर्धीमध्ये दृष्टि सुनारले फस्ट रनरअप, अश्मिता सुनारले सेकेण्ड रनरअप र सपना सुनारले अर्गनाइजर च्वाईसको उपाधि चुम्न सफल भए । फस्ट रनरअप दृष्टिले ताजसंगै बीस हजार रुपैया र सेकेण्ड रनरअप अश्मिता सुनारले दश हजार रुपैयासँगै अन्य गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । त्यस्तै गरि प्रतियोगितामा अन्य आठ वटा विभिन्न सबटाइटल मार्फत पनि अवार्ड प्रदान गरिएको थियो ।
सञ्चारकर्मी एवं कोरियोग्राफर सुरज थापा र इनिशा दुरामगरले सञ्चालन गरेको कार्यक्रममा नेपालकै चर्चित डान्स ग्रुप कार्टुनिज क्रु र कास्की जुनतारा बिजेता सुभेच्छा तामाङको नृत्यले थप मनोरञ्जन थपेको थियो । प्रतियोगिताको कोरियोग्राफी नेपाल नेक्स्ट टप मोडल सिजन दुईकी बिजेता एवं मोडल मुस्कान घोताने सुनारले गरेकी थिईन् ।

प्रतिस्पर्धीको मूल्याङकनका लागि चलचित्र निर्देशक तथा गायक नेत्र गुरुङ, मिस्टर पोखरा २०११ तथा मोडल निरज पन्त, मिसेस तिज २०६८ तथा सञ्चारकर्मी, सौन्दर्यकर्मी रोजी श्रेष्ठ, प्रथम मिस सुनारकी सेकेन्ड रनरअप शिला सुनार र समाजसेबी तथा ब्यबसायी प्रकाश शेर्पाइलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रमको आयोजना पिएसथा इन्टरटेन्मेन्टले गरेको थियो ।