आन्तरिक र वाह्य पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा रहेको पोखराको दुई गुफा महेन्द्र गुफा र चमेरी गुफा पर्यटन विकास समितिको संयोजकमा पुनः यदुनाथ वञ्जारालाई मनोनयन गरिएको छ । पोखरा–१६ मा रहेका महेन्द्र गुफा र चमेरी गुफाको संचालन व्यवस्थापन र प्रवद्र्धन पोखराको ऐतिहासिक विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालयले गर्दै आएको छ ।
फागुन २४ गते वसेको विद्यालय व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार आगामी ३ वर्षका लागि यदुनाथ वञ्जारालाई गुफा पर्यटन विकास समितिको संयोजक तोकिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वताए । गुफाको आम्दानी वाट विन्ध्यवासिनी मा.वि. पोखरा–१६ का करिब ११ सय विद्यार्थीहरुलाई अंग्रेजी माध्यमवाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आस पासका सरकारी विद्यालयहरुलाई सहयोग पु¥याउदै आएको छ भने गुफा भित्रको व्यवस्थापन र विकसामा भूमिका निर्वाह गर्दै आएको छ ।
नवनियुक्त संयोजक यदुनाथ वञ्जाराले महेन्द्रगुफा र चमेरी गुफाको वृहत्तर विकासका लागि दिर्घकालिन गुरुयोजना वनाएर अघि वढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हाल गुफा भित्र आधुनिक शौचालय निर्माण कार्य थालनी गरिएको रंग रंगन, सरसफाईको लागि कार्यलाई नियमित पारिएको वताए ।यसै वर्ष गुफा भित्र वृहत वाल उद्यान निर्माणको लागि योजना स्वीकृत भई सरकारवाट ५५ लाख रुपैयाँ वजेट समेत विनियोजन भई सकेको संयोजक वञ्जाराले वताए । वाल उद्यान निर्माण समितिका सचिव समेत रहेका वञ्जाराले वाल उद्यान निर्माण कार्य अगाडि वडिसकेको जनाए ।
उनले यसै आ.व भित्र वालउद्यान निर्माण भई सक्ने पनि खुलाए । महिला वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले वाल उद्यानको वजेट विनियोजनमा महत्वपुर्ण भूमिका खेलेका थिए ।
गुुफा समितिलाई निकट भविष्यमै पूर्णता दिइने वताइएको छ । स्थानिय वासिन्दा पर्यटन विज्ञ, संघ संस्थाका प्रतिनिधि समेटेर गुफा विकास समितिलाई पूर्णता दिइने संयोजकले जनाए ।
Leave a Reply